हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिकामा मंगलबार यस वर्षको हरेलो पर्व मनाइदैछ । बर्खे बाली लगाएपछि धवलागिरी गाउँपालिकाका बासिन्दाहरुले साउन महिनाको कुनै एक मंगलबारका दिन हरेलो पर्व मनाउने चलन छ ।

Shreekrishna hardwear in news

मुख्य खाद्यबाली धान र कोदो रोप्ने काम सकिएपछि हरेलो मनाउने गरिन्छ । खेतबारीमा ध्वजा पटकाले सिगारिएको मयलको हाँगाको लिंगो गाडेर पुजा गर्ने र भालेको बली दिने गर्दछन् ।

खेतीबाली सप्रियोस, विपद् नहोस भन्ने कामना गर्दै विभिन्न देवी देवताहरुको पुजा गर्छन् । खेतबारीमा पुजा गरेपछि चरा र मुसाका लागि भनेर प्रसाद चढाउने चलन छ । कृषकहरुले भने सेल रोटी र मासुको प्रसाद बनाउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...