सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

Gandaki Ghumau

दरवाङ, । सोमबार बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो । विद्यार्थीहरु आ आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा विद्यालयमा बोलाएको थियो ।

विद्यालयले कक्षा ७ का विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषय अन्तर्गत सामाजिक विविधता बुझाउन जातीय पहिरनमा विद्यार्थीहरुलाई हप्ताको एक दिन मौलिक जातीय पहिरनमा विद्यालयमा बोलाउने गरेको जनाएको छ । शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, विभिन्न जातजातिको भेषभुषा, रहनसहन र कला संस्कृतिको बारेमा पढ्दै÷पढाउँदै आएको प्रधानाध्यापक बिमल शर्माले बताउनुभयो ।

विद्यालयको यो प्रयासले सामाजिक विविधता, कला, संस्कृति, रहनसहन, पहिरनबारे बालबालिकालाई बुझाउन सहज भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हामीले पाठ्यक्रममा भएको कुरा पढाउँदा मात्रै भन्दा प्रत्यक्ष देखाएर, विद्यार्थी आफैलाई आफ्नो पूर्खा, कला, संस्कृतिबारे भन्न लगाएर पढाउँदा मजाले बुझ्छन् । सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्छ ।”

Shreekrishna
Gunasthariya Shiksya

यसले विद्यार्थीबीच एक अर्काको भाषा, कला, संस्कृति, पहिरन र सामाजिक विविधताबारे जानकार मात्रै नभएर सम्मानगर्न सिकाउने प्रधानाध्यापक शर्माको भनाइ छ । कार्यक्रमको दिन जातीय पहिरनमा भएको विद्यार्थीलाई पूर्खालाई सम्झेर मौन धारण गर्न लगाउनुका साथै आफ्नो जाति, संस्कृति, कला, भाषाबारे जानकारी दिन लगाउने गरिएको छ । दुई अथवा तीन पिरियडमा सुन्ने÷सुनाउने कक्षापछि सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विद्यालयको यो कार्यक्रमले विद्यार्थीमा आफ्नो भाषा, संस्कृति, पहिरनबारे चासो तथा प्रेम बढाएको प्रधानाध्यापक शर्माले बताउनुभयो । अन्य दिन विद्यार्थीलाई विद्यालयमा मोबाईल फोन ल्याउन प्रतिवन्ध गरिएको छ । तर जातीय भेषभूषामा आउने कार्यक्रमको दिन विद्यार्थीलाई कक्षामा केही समय मोबाइल हेर्न र तस्वीर खिच्न समेत अनुमति दिएको छ ।

प्रधानाध्यापक शर्माले भन्नुभयो “विद्यार्थी खुशी हुन्छन्,विविधता सहितको फोटो खिच्छन् भनेर यो दिन चाँहि मोबाईल फोन ल्याउन दिएका छौं” । “हामीले विभिन्न मञ्चमा हामी प्रस्तुतिका लागि मात्रै बालबालिकालाई पस्कने गर्छौं तर विद्यालयमै पहिरनको व्यवस्था भएपछि उनीहरूमा आफ्नो संस्कृति प्रति पनि चासो बढ्छ,”सामाजिक विषयका शिक्षक विकल सेनले भन्नुभयो “आफ्नो भेषभूषा प्रतिको चासो र महत्व पनि यसले बुझाउन सघाउँछ।”हप्तामा एक दिन विद्यार्थीहरुलाई मौलिक पोशाकमा बोलाइने गरिएको शिक्षक सेनले बताउनुभयो ।

मगर भेषभूषामा सजिएर आएकी ७ कक्षामा अध्ययनरत इन्द्रा गुरुङले जातजातिको पहिरनले आफ्नो धर्म संस्कृति प्रतिको मोह बढाउने बताउनुभयो ।”हामी नेपाली हौं, नेपालका धर्म संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनिहाम्रै हो,“उहाँले भन्नुभयो ”जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ–” त्यसैगरी सोहीकक्षाकापवन बूढाथोकीले आफ्नो भेषभूषाप्रतिगर्व रहेको बताउनुभयो । उहाँदौरा, सुरुवाल, कोट र टोपीमा सजिएर आउनुभएको थियो ।

महिनाको अन्तिम सोमबार र शुक्रबार विद्यार्थीका लागि संस्कृतिझल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिनभने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । अन्यदिन नेपाली बोले जरिवाना गर्ने विद्यालयले यो दुई दिनभने नेपाली भाषा बोल्न छुट दिएको छ । हाल सबैजसो विद्यार्थीले जातीय पोसाक लगाउने गरेको र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल शर्माले बताउनुभयो । विद्यालयमा गुरुङ, तामाङ, मगर, क्षेत्री, बाहुन, दलित, नेवार, भुजेल लगायत जातजातिका विद्यार्थी पढ्छन् । विद्यालयमा चार सय ५० विद्यार्थी रहेका विद्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...