मराङका महिलाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ गाउँका आमाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् ।

चुलोचौका, घाँस, दाउरा र मेलापात गरेर बचेको फुर्सदको समयमा ब्यायमका लागि आमाहरु ब्याडमिन्टन खेल्न थालेका हुन् । फुर्सदको समयमा ब्याड र कप लिएर खेलमैदानमा ब्यायम गर्छन् ।
सयपत्री खेलकुद समुह गठन गरेर तीन महिनायता ब्याडमिन्टन खेल अभ्यास गर्दै आएका आमाहरुले हरेलो पर्वको अवसरमा सोमबारदेखि प्रतियोगिता आयोजना गरेका छन् । समूहका अध्यक्ष मंगलादेवी जुग्जालीले फुर्सदको समय सदुपयोग, रमाइलो र ब्यायमका लागि ब्याडमिन्टन खेल्ने गरेको बताउनुभयो ।

“गाउँका पुरुषहरु ब्याडमिन्टन खेलेको हेर्दा हेर्दै हामीले पनि सिक्यौ र खेल्न थालेका छौ । शरिरलाई कसरत र रमाइलो महशुस गरेका छौ,” उहाँले भन्नुभयो “मोवाइलमा टिकटक र फेसबुक चलाएर भुल्नु भन्दा ब्याडमिन्टन खेल्दा धेरै फाइदा छ ।”

Shreekrishna hardwear in news

ब्याडमिन्टन खेल्दा उफ्रिनुपर्ने हुँदा शरिरका अंगहरु चलायमान हुने, पसिना बग्ने, मोटोपन र तनाव हट्ने, शारिरिक स्फुर्ति हुने आमाहरुको अनुभव छ । मराङको राम्चे, ठूलोगाउँ र बेशीमा ३ वटा ब्याडमिन्टन कोर्ट छन् ।

Bhautik ministry notice about road

व्यक्तिगत जमिन र सार्वजनिक जमिनमा पोल गाडी जाली तानेर ब्याडमिन्टन कोर्ट बनाएका हुन् । करिब २० जना आमाहरु नियमित ब्याडमिन्टन खेल्ने गरेका मराङको डाफे युवा क्लवका संस्थापक सचिव केशव गर्बुजाले बताउनुभयो ।

“सडक छेउको बारीमा ३० महिना अघि कोर्ट बनाएर मराङमा मैले पहिलो पटक ब्याडमिन्टन खेल भित्र्याएको हो,” उहाँले भन्नुभयो “समय बिताउन क्यारेमबोर्ड, पोर्ट र जुवातास खेल्नेहरु घटेका छन् । एका बिहानै मदिराको बोत्तल समाउने बानि छाडेर ब्याड लिएर खेल्न आउँछन् ।”

ब्याड, कप र जालीमा व्यक्तिगत रु. ३० हजार भन्दा बढी खर्च गरेका जनविकास माविका पुर्व शिक्षक समेत रहेका गर्बुजा गाउँमा कुलत घटेकोमा खुसी हुनुहुन्छ । हरेलो पर्वको अवसरमा मराङको ठूलोगाउँमा महिला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा ८ वटा टिममा १६ जनाले सहभागिता जनाएका छन् । ब्याडमिन्टन खेलाडीहरुलाई प्रोत्साहन गर्न समूहका अध्यक्ष जुग्जालीले आफैले प्रथम र दृतीय पुरस्कारका लागि रु. छ हजार र रु. तीन हजार प्रायोजन गर्नुभएको छ ।

ब्याडमिन्टन खेल सम्बन्धी प्रशिक्षण, खेलकुद सामग्रीको ब्यवस्थापन, खेलमैदान निर्माण र प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको खेलाडी छिमा मगरले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...