म्याग्दीमा काँग्रेसको ‘विशेष आन्तरिक अभियान’

Gandaki Pardesh notice

बेनी, । नेपाली कांग्रेस म्याग्दीले ‘विशेष आन्तरिक अभियान’ सञ्चालन गरेको छ ।
वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय प्रतिनिधि किरणराज शर्मा पौडेलले उक्त अभियानबारे जानकारी गराउनुभएको थियो ।

दश दिन सम्म संचालन हुने अभियान अन्तर्गत वडाको वार्षिक, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) र जिल्लामा वार्षिक सम्मेलन, जिल्ला कार्यसमितिलाई पुर्णता, विभाग गठन, भातृ र शुभेच्छुक संगठनलाई पुर्णता दिने लगायत कार्यक्रमहरु रहेका नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । वार्षिक कार्यतालिका अनुसार म्याग्दीमा यसअघि नै जिल्लाका केही वडा र पालिका बाहेकका अन्य वडा र पालिकाहरुमा सम्मेलन सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा पुर्व वैकल्पिक केन्द्रीय सदस्य पौडेलले आगामी महिना भदौ १० गतेदेखि २४ गतेसम्म संचालन हुने ‘समुदायमा कांग्रेस’ सार्वजनिक अभियानको तयारी स्वरुप यो अभियान संचालन गर्ने परेको बताउनुभयो । अभियानबाट जिल्ला मातहतका सबै कार्यसमितिले पुर्णता पाउने तथा सबै तहमा बैठक र सम्मेलन नियमित हुने उहाँको भनाइ छ । ‘अभियानले वार्षिक कार्यतालिका बनाउनेछन्, पार्टी र जनप्रतिनिधि विचको सम्मबन्धलाई थप प्रभावकारी बनाउन सघाउ पु¥याउनेछ,’ उहाँले भन्नुभयो,‘ अभियानले तल्लो तह सम्मका कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास छ ।’ साथै उहाँले सरकार र जनप्रतिनिधिले गरेका राम्रा कामहरुलाई जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रममा जिल्ला सभापति तथा संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कांग्रेस म्याग्दीले वार्षिक कार्यतालिका अनुसार यसअघि नै अभियान संचालन गरिरहेको बताउनुभयो । सांगठनिक कार्यक्रमहरुलाई साउन ३० गतेभित्र सम्पन्न गर्ने जानकारी गराउनुभयो । उहाँले जिल्ला स्थित निर्माणाधिन योजनाहरुलाई पुर्णता दिन,योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि आफुहरुले काम गरिरहेको बताउनुभयो । उहाँले जनसंख्या, भुगोल र आवश्यकताको आधारमा योजनाहरुलाई बजेट विनियोजन भएको जानकारी गराउँदै बाँकी तथा छुटेका योजनाहरुलाई थप गरी बजेट सम्बोधन गर्न पहल भइरहेको बताउनुभयो ।
निर्माणाधिन बेनी–दरबाङ र राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गराउन तथा जोखिम क्षेत्रहरुमा समस्या समाधान गर्न समेत आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । प्रदेश र संघमा गठबन्धनको सरकार हुँदा जिल्लामा बजेट ल्याउन सहज भएको बताउनुभयो ।

योजना कार्यान्वयनका लागि जिल्ला स्थित सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । पार्टी र जनप्रतिनिधि मार्फत भएका विकास निर्माण संगै पहलका कामहरुको जनतासमक्ष पु¥याउनुपर्नेमा उहाँको भनाइ छ । गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्यद्धय जानुका पन्त र अजित क्षेत्रीले अभियानले पार्टी तथा जनप्रतिनिधिहरु विचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

जिल्ला सचिव भरत रकालले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति हरिकुमार श्रेष्ठले स्वागत र उपसभापति केबी भण्डारीले पार्टीको जिल्ला स्थित आन्तरिक संगठनको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी कार्यक्रममा निवर्तमान उपसभापति माधव रेग्मी,निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की, सहसचिव पौडेल, जिल्ला सदस्य सम्मर थापा, कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याल, जिल्ला सदस्य सम्मरबहादुर थापा, नेपाल तरुणदलका केन्द्रीय सदस्य मुकुन छन्त्याल, धवलागिरी गाउँपालिका अध्यक्ष तथा पार्टी सभापति प्रेम पुन, मालिका गाउँपालिका कार्यसमिति सभापति खिम पुन, अन्नपुर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरुवाल, मंगला गाउँपालिका सभापति नरसिंहबहादुर खत्री, रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुञ्जा, बेनी नगर सचिव ज्ञानेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...