धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च युकेको सांस्कृतिक कार्यक्रम सहितको भेटघाट

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । धवलागिरी गाउँपालिका कल्याणकारी संघ युके (बेलायत)ले यही अगस्त २७ गतेका दिन सांस्कृतिक कार्यक्रम सहित भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

धवलागिरी गाउँपालिकामा जन्मिएर रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा बेलायतमा रहेकाहरु आवद्ध संस्थाले लोक तथा दोहोरी गायिका देवी घर्तिमगर र लोक तथा दोहोरी गायक स्याम राना मगरको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमका लागि संस्थाका अध्यक्ष पदम गर्बुजाको नेतृत्वमा तयारी समिति बनाइएको छ । कार्यक्रमलाई सफल बनाउन तयारीलाई तिब्र बनाएको मञ्चका सचिव तारा रोकामगरले बताउनुभयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतका अध्यक्ष कुमार फगामीको प्रमुख आतिथ्यता रहने कार्यक्रममा पुर्व सांसद नरबहादुर पुन, सिजिसी दिपप्रसाद पुन, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानिया विशेष अतिथिको रुपमा सहभागि हुनुहुने भएको छ ।
विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई पनि कार्यक्रममा निमन्त्रण गरिएको छ । मञ्चले दोस्रो पटक भेटघाट कार्यक्रम आयोजना गरेको हो । मञ्चले धवलागिरी गाउँपालिकाको विपद् व्यवस्थापन, विपन्न बिरामीको उपचार लगायत विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...