हेभी इक्युपमेन्ट संघ म्याग्दीमा चोखाल

Gandaki Pardesh notice

बेनी, । म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघ म्याग्दीको अध्यक्षमा देवेन्द्र चोखाल चयन हुनुभएको छ ।

बेनीमा आइतबार सम्पन्न म्याग्दीका डोजर र ब्याकुहोलोडर चालकहरु आवद्ध संघको अधिवेशनबाट बेनपा ४ का चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा देवबहादुर खड्का, सचिवमा बालकृष्ण खत्री (जोन), सहसचिवमा नरेन्द्र बरुवाल, कोषाध्यक्षमा सागर बानिया, सदस्यमा राजेन्द्र भगानी, नवराज भण्डारी, वुद्धि खत्री, कृष्ण खत्री, रोशेन मल्ल र राम शाही रहनुभएको छ ।

Bhautik ministry notice about road

श्यामानन्द शर्माको संयोजकत्वमा हिरबहादुर माझी, दलबहादुर खत्री र बिनोद चोखाललाई संघको सल्लाहकारमा चयन गरिएको छ । संघले हेभी इक्युपमेन्ट चालकहरुको हक, हित, अधिकारको पैरवीका साथै अप्ठ्यारो अवस्थामा सहयोग, सहजिकरणको काम गर्दै आएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...