बेगका प्रताप सिंजालीको मृत्यु रहस्यमय

Gandaki Pardesh notice

प्रहरीले थाल्यो अनुसन्धान

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको मृत्यु रहस्यमय बनेको छ ।

यही असोज ६ गते साथीहरुसँग भगवतिको पर्यटकीय स्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Shreekrishna hardwear in news

घटनास्थलको निरिक्षण, उनिसँगै गएका र घटनास्थलमा भएकाहरुसँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान सुरु गरेको म्याग्दीका प्रहरी नायव उपरिक्षक (डिएसपी) किरन जङ्ग कुँवरले बताउनुभयो ।

‘अस्पतालको रिपोर्टको आधार शरिरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परिक्षण गर्न पठाएका छौ,’ उहाले भन्नुभयो ‘दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरिरमा चोट लाग्यो भन्ने बिषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।’

बिहिबार सहित तेस्रो पटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । डिएसपी कुँवर आफै घटनास्थल पुग्नुभएको छ । अस्पतालका अनुसार सिंजालीको दायाँ र बाँयाका दुई÷दुई वटा करङ भाचिएको, शरिरमा निल दाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको थियो ।

बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्य चौकी, बेनी अस्पताल हुदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।

यस्तो छ घटना बिबरण

Bhautik ministry notice about road

प्रतापसँगै रुइसे घुम्न गएका ११ जना मध्य ७ जना असोज ६ गते दिउँसो ४ बजेनै बेग फर्किएका थिए । प्रताप सहित चार जना रुइसेको रेष्टुरेन्टमा मदिरा सेवन गरेर बसेका थिए । ७५० लिटर क्षमताको तीन बोत्तल घरेलु मदिरा सेवन गरेका उनिहरु साँझ ५ बजेतिर होटलबाट निस्कदाँ लट्ठीएका थिए ।

हिड्न नसक्ने अवस्थामा रहेका प्रताप र उनका साथिहरुको होटलबाट निस्कने समयमा त्यहाँ घुम्न गएका मल्लाजका युवाहरुसँग भनाभन भएको थियो । रेष्टुरेष्टबाट निस्किएपछि रुइसे भ्यु प्वाइन्ट नजिकै केही समय बसेका थिए ।

प्रतापलाई तीन जनाले बोकेर घर लैजान हिडेपनि रातीमा पानी परेको, साथमा भएको मोवाइलको ब्याट्री सकिएपछि उज्यालो नभएको र बाटो बिराएपछि ११ बजे फर्किएर रुइसेकै होटलमा पुगेका थिए ।

उनिहरु फर्कदा पनि अर्को रेष्टुरेष्टमा बसेका मल्लाजका युवा टोलीसँग भनाभन भएको थियो । रुइसेका दुई वटै रेष्टुरेष्टमा पाहुना भरिभराउ भएका कारण प्रतापको टोलीले बास पाएन् । गाउँपालिकाले बनाएको तालिम केन्द्रको भवनमा त्रिपाल ओडेर र ओछ्याएर चिसो रात बिताएका थिए ।

७ गते बिहान प्रतापको होस नआएपछि रेष्टुरेष्टमा ल्याएर तेलले मालिस गरि ९ बजे परिवारलाई खबर गरे । परिवारका सदस्य र बेगखोला युवा जागरण अभियानको टोलीले गाउँमा ल्याएर सोही दिनमै बेनी पठाएको अभियानका संरक्षक सुर्य गर्बुजाले बताउनुभयो ।

प्रतापलाई अस्पताल पठाउन र उपचारका लागि बेगखोलाबासीहरुले आर्थिक सहयोग जुटाएका थिए । ‘करङ भाँचिएको, शरिर र टाउकोमा गहिरो चोट लागेको बताएपछि यो घटना शंकास्पद र रहस्यमा परिणत भयो,’ उहाले भन्नुभयो ‘ प्रहरी, प्रशासनबाट सत्य तथ्य अनुसन्धान र दोषी पहिचान गरि कारबाही होला भन्ने अपेक्षामा छौ ।’

भगवति प्रहरी चौकीको टोली ८ गतेनै घटना स्थल पुगेको थियो । प्रतापसँगै भएका तीन जनाले मल्लाजका युवाहरुसँग भनाभन भएपछि कुटपिट नभएको प्रारम्भिक बयान दिएका छन् । शरिरको चोटपटक कसरी लाग्यो भन्ने बिषयले शंका उब्जाएको छ ।

सँगै भएका तीन जना, भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालक देखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् ।

प्रताप लकडाउन हुनुभन्दा केही समय अघि बिदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवा, आमा, भाई र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...