बैसरीको पहिरोले बेनी–जोमसोम सडकमा जोखिम र सास्ती, यात्रुको बिजोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १३ घण्टापछि आइतबार साँझा सिधा यातायात सञ्चालन भयो । सवारी आवत जावत गर्न थालेको करिब १५ मिनेटपछि पुन पहिरो खसेर अवरुद्ध भएको छ । यस्तो समस्या बैसरीमा दैनिक जसो हुने गरेको छ ।

रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोला क्षेत्रमा पहिरो खसेपछि आइतबार बिहान ५ बजेदेखि अवरुद्ध बनेको सडक साँझ ६ बजेदेखि केही समय मात्र खुल्दा थोरै मात्र सवारी साधन गन्तब्यतर्फ प्रस्थान गर्न पाए ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका डोजर, कर्मचारी, नेपाली सेना र प्रहरीले पहिरो पन्छाएर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा यातायात सूचारु गराएका थिए ।

Shreekrishna hardwear in news

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुंगामाटोलाई सेना, प्रहरी र मजदुरले सडकमा खसालेर डोजरले पन्छाएर अस्थायी रुपमा सडक खुलाइएको थियो ।

“सडकको तल कालीगण्डकी र सडक माथि भिर छ,” उहाँले भन्नुभयो “भिरमाथीको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ ।”

Bhautik ministry notice about road

शत्रुभञ्ज्याङ गुल्मका १५ जना सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै सुपरभाइजर शेरचन लगायत आयोजनाका कर्मचारी तथा मजदुरहरुले पाखोको लेदो र ढुङ्गा सडकमा खसाल्नुभएको थियो । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ ।

सडक अवरुद्ध हुदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तिर्थयात्री र पर्यटकहरु घण्टौ सम्म जाममा पर्ने गरेका छन् । कोही यात्रुहरु सडकमै सुतेका भेटिन्थे ।

मुस्ताङ जान हिडेका बेनीका व्यवसायी किशोरकुमार श्रेष्ठले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तब्यमा पुग्न समस्या भएको बताउनुभयो । सडक माथिको करिब चार सय मिटर चौडाई र पाँच सय मिटर लम्बाईको पाखो पहिरोमा परिणत भएको छ ।

सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिदैन् । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने करिब एक घण्टा घुमाउरो सडक प्रयोग गरेपनि ठूला सवारी साधनलाई वैकल्पिक सडक छैन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भएपनि सफल भएको छैन् । आकाशबाट पानी पर्ने बित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्युनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दिर्घकालिन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...