डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

Gandaki Pardesh notice

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ ।

बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको बासस्थान र पानी जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान सञ्चालन भएको हो ।

Bhautik ministry notice about road

टोल विकास संस्था, आमा समूह, युवा क्लव लगायत संघ संस्थाको सहकार्यमा टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा जमेको पानी सरसफाई र झाडी हटाइएको बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

सरसफाई अभियानमा स्थानीयबासीका साथै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पनि सहभागिता थियो । म्याग्दीमा वैशाख, जेठ र असार महिनामा २१ जनामा डेङ्गु पुष्टि भएको छ । गत वर्ष २०७९ मा ११० जना डेङ्गु संक्रमित भएका थिए ।

तीन देखि पाँच दिनसम्म लगातार ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी डेंगुको लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...