म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयन

Gandaki Ghumau

बेनी, । काठमाडौँमा बसोबास गर्ने म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघ काठमाडौँले वरिष्ठ लोक गायक खड्ग प्रसाद गर्वुजालाई संरक्षकमा चयन गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गर्वुजालाई संस्थाको संरक्षकमा चयन गरेको हो ।

त्यस्तै संघले १२ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरुमा अग्रज लोक गायक नर बहादुर विसी, लोक गायक राजन भुजेल, समाजसेवी विल पूर्जा मगर, धनलाल जैसि, बलभद्र ढकाल, कर्ण केसी, यु बहादुर मल्ल, चित्र पुन, शेर बहादुर बुढाथोकी, थदेवि पुन, अमित रोका र राम प्रसाद शर्मा लाई चयन गरिएको म्याग्दी कलाकार संघ काठमाडौँका महासचिव राम गगनले जानकारी दिनुभयो ।

अग्रज लोक गायक नर बहादुर विसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कलाकारहरुको हकमा लागु हुने गरि विधान संसोधन गर्न विषयमा छलफल गरिएको छ । प्राकृतिक प्रकोपहरुको समयमा सामाजिक सहयोगका अभियानहरु संचालन गर्ने गरि विधान संशोधन गर्न लागिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

त्यस्तै जिल्लाका पुराना लोक संस्कृतिको संरक्षण र प्रवर्धनमा ध्यान दिने खालको कार्यक्रम संचालन गर्न पनि विद्यान संसोधन गर्न आवश्यक रहेकाले मस्यौदा तयार गर्न कार्य सुरु गरिएको महासचिव राम गगनले बताउनुभयो ।

साथै हरितालिका तिज पर्वको पावन अवसर पारि भाद्र २३ गते दर खाने एवम् वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ । संस्थाको वार्षिक कार्यतालिका अनुसार तिजमा कार्यक्रम संचालन गर्न लागिएको हो ।

संस्थाले स्थापना गरिएको कलाकार कल्याणकारी कोषलाई व्यवस्थित संचालन गर्नका लागि आवश्यक छलफल समेत गरिएको संघका अध्यक्ष लालि बुढाथोकीले बताउनुभयो । कोष वृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरि संस्थामा छलफल भईरहेको पनि अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...