लघुुवित्तका कर्मचारी कुटिए

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेलमाथी कुुटपिट भएको छ ।
शुक्रबार साढे १० बजे घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी पौडेलमाथि कुटपिट भएको हो ।
सदस्य मन कुमारी सुनार संग ऋण तिर्नुपर्ने बिषयमा छलफल हुदै गर्दा सुनारका छोरा सुजन बि.कले कुटपटि गरेको पिडितले बताएका छन् ।
नेपाल लघुवित्त बैकर्स संघ म्याग्दी जिल्ला समन्वय समितिले जिल्ला प्रहरी कार्यालयमा कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको अध्यक्ष लक्ष्मण पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा रहेको १५ वटा लघुवित्तको तर्फबाट कारबाहीको माग गर्दै निवेदन दिएको बताउनुभयो । नेपाल सरकारबाट घ बर्गको ईजाजत पत्र प्राप्त नेष्ठो लघुवित्तले जिल्लाका विभिन्न गाउँमा समुह बनाई लगानी गर्दै आएको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...