घरभाडामा लगाउनेको लगत संकलन गर्दै बेनी नगरपालिका

Shreekrishna hardware

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले घरभाडामा लगाउने घरधनीहरुको लगत संकलन गर्न थालेको छ ।

घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरुको विवरण संकलन गर्न थालेको हो । नगरपालिकाका कर अधिकृत प्रभा शर्माले बिहिबार देखि ३५ दिनभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरि लगत कायम गर्न सूचना जारी गरिएको बताउनुभयो ।

“घर बाहलमा लगाउनेलाई करको दायरामा ल्याउन तीन वटा बर्गमा बिभाजन गरिएको छ,” उहाँले भन्नुभयो “तोकिएको समय सम्म पनि विवरण नबुझाउने घरजग्गा धनीहरुलाई विलम्ब शूल्क लाग्छ ।” यसअघिका बर्षमा बेनीका घरधनीले घरबाहक कर स्वच्छिक रुपमा तिर्दै आएका थिए ।

Shreekrishna

नयाँ आर्थिक वर्षदेखि घरबाहल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताउनुभयो । स्वच्छिक रुपमा घरबाहल कर बुझाउने घरधनीहरु न्युन भएपछि धेरैलाई समेट्न नगरसभाबाट ऐन संसोधन र घरधनीको बर्गीकरण गरिएको हो ।

Ban devision notice

संघ, संस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यवसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको २ प्रतिशतको दरले बाहल कर तोकिएको छ । यसअघि सबैलाई १० प्रतिशतका दरले घरबाहल कर तोकिएको थियो ।

बैंक, वित्तिय संस्था, सहकारी, कार्यालय, संघ संस्थालाई घर भाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबाहल कर तिर्ने गरेका थिए । गत वर्ष घर बाहल शिर्षकमा नगरपालिकाले रु. तीस लाख ३५ हजार राजस्व संकलन गरेको थियो ।

नयाँ आर्थिक वर्षमा यो शिर्षकमा ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । घरबाहल कर नगरपालिकाले प्रदेश र संघीय सरकारसँग बाडफाँड गर्नु नपर्ने आम्दानीको स्रोत हो । जिल्ला सदरमुकाम समेत रहेको बेनी बजार, गलेश्वर र तातोपानी क्षेत्रमा घर भाडामा लगाउने गरेका छन् ।
घरबाहल कर तिर्ने नगरबासीको संख्या न्युन छ । बाध्यता परेको अवस्थामा मात्र घरबाहल कर तिर्ने गरेका छन् । कतिपय व्यवसायीहरुले घरधनीले तिर्नुपर्ने बाहल कर आफूहरुको थाप्लोमा पारेको गुनासो पनि गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...