जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ ।

घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन कार्यक्रम सञ्चालन गरेको हो ।

साउन १५ गतेदेखि बिहिबारसम्म गाउँपालिकामा रहेका ४४ वटा सामुदायिक विद्यालयका अभिभावकहरुलाई सम्बन्धित विद्यालयमा भेला गरेर शैक्षिक सुधारका लागि उनिहरुको भूमिका सम्बन्धी अभिमुखीकरण गरिएको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकलाई जिम्मेवार बनाउने अभियानको उद्देश्य हो,’ उहाँले भन्नुभयो ‘ दोस्रो र तेस्रो चरणमा पनि अभिभावक केन्द्रित भएर मोटिभेसनल कार्यक्रम गर्ने योजना छ ।’

Bhautik ministry notice about road

अभियानको नेतृत्व गरेर गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष दिपक आचार्य, कार्यपालिकाको शिक्षा संयोजक एकिन्द्र खत्रीको नेतृत्वमा दुई वटा समूह बनाएर सम्बन्धित वडाका जनप्रतिनिधि सहित विद्यालयमा पुग्नुभएको छ ।

परामर्शदाता कम्पनी सिटिएफ नेपालका कार्यकारी निर्देशक बद्रि दाहाल र निर्देशक अशोक सुवेदीले शैक्षिक सुधारका लागि अभिभावकको दायित्व र भूमिकाका विषयमा सहजिकरण गर्नुभएको थियो ।

‘आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षसहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्छ’ शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले भन्नुभयो ‘व्यावहारिक अभिभावकीय सीप र रणनीति प्रदान गरेर प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौ ।’

अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पु¥याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उपलब्धी मापन परिक्षा सञ्चालन, शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम र उपकरण सहयोग गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...