दानामा आयुर्वेद औषधालयको भवन निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको आयुर्वेद औषधालयको भवन निर्माण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले दुई तले, १३ कोठे भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आयोजनाका ईञ्जिनियर योगेन्द्र बस्ताकोटाले निर्माण सकिएको भवन बुधबार अन्नपूर्ण गाउँपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
“भवन परिसरमा घेराबार पनि गरिएको छ,” उहाँले भन्नुभयो “सर्वसाधारणका लागि भवनको बाहिर पनि सार्वजनिक शौचालय बनाइएको छ ।” भवन निर्माणका लागि आयोजना र बन्दन भगवति देव एण्ड सायर–तिलक जेभी बिच वि.स. २०७८÷०३÷०७ गते रु. एक करोड ६६ लाख ५५ हजार ४०९ मा ठेक्का सम्झौता भएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news


वि.स. २०७८ चैत १२ गतेदेखि निर्माण शुरु भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि भुपेन्द्र खड्काले मुल सडक देखि भवन निर्माण स्थलसम्म पुग्ने ८०० मिटर पहुँचमार्ग बनाउन करिब आठ महिना लागेको बताउनुभयो ।
“भवन शुरु गरेको चार महिनामा सम्पन्न भएको छ,” उहाँले भन्नुभयो “भवन सम्म पुग्ने पहुँचमार्ग बनाउन आठ महिना ढिला भयो ।” २०७९ चैत महिनादेखि भवन निर्माण शुरु भएको थियो ।
भुई तलामा कार्यालय प्रयोजनका लागि सात वटा कोठा, दुई वटा शौचालय सहित २०४.७८ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । १३३.५५ वर्गमिटर क्षेत्रफलमा फैलिएको आवास प्रयोजनका लागि निर्माण भएको पहिलो तला भवनमा पाँच वटा कोठा, शौचालय र सयनकक्ष छन् ।
सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने दाना आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख सुर्यमणी शाहले बताउनुभयो । यसअघि केन्द्रको भवन जिर्ण बनेपछि भाडाको घरमा कार्यालय सञ्चालन गरिएको थियो ।
आयोजनाले दानासँगै हिस्तानको औलामा ५ शैया क्षमताको अस्पताल र दग्नाममा स्वास्थ्य चौकी भवन निर्माणाधिन छ । दुई वटै भवन निर्माणको कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...