डाडाखेत–राहुघाटको वातावरण तथा सामाजिक इकाई स्थापना

Add Samajik bikash office

बेनी, । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ के.भी. क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको वातावरण तथा सामाजिक व्यवस्थापन इकाईको बेनीमा कार्यालय स्थापना भएको छ ।

प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभागले बेनीको न्युरोडमा स्थापना गरेको इकाईको कार्यालयले आयोजनाको लागि वातावरणीय अनुगमन तथा प्रभाव न्यूनिकरण कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।

विभागका निर्देशक राजन ऋषि कडेलले इकाई मार्फत स्थानीय सरोकारवाला तथा आयोजना प्रभावित समुदाय एवं परिवारको गुनासो सम्बोधन गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“आयोजनाको वातावरणीय परिक्षण प्रतिवेदनमा उल्लेखित वातावरणीय क्षति र असर न्युनीकरणको काम इकाई मार्फत हुन्छ” उहाँले भन्नुभयो “कार्यालयबाट आयोजना सम्बन्धी गुनासो सुन्ने र सेवाग्राहीहरुको समस्या समाधान गर्न आवश्यक पहल हुनेछ् ।”

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन रघुगंगा गाउँपालिका–३ राहुघाट देखि मालिका गाउँपालिका–७ डाडाखेत जोड्ने १३२ केभी क्षमताको २५ किलोमिट दुरीको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणाधिन छ ।

एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १२ वटा जलविद्युत आयोजना निर्माणाधिन र निर्माणको प्रक्रीयामा छन् । राहुघाट नदीमा पनि एक सय मेगावाट भन्दा बढी क्षमताका चार वटा आयोजना निर्माणाधिन छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...