जलजलामा एकै दिन चार विद्यालयमा ‘अभिभावक शिक्षा’

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको ‘अभिभावक शिक्षा’ कार्यक्रम बुधबार एकै दिन चार वटा विद्यालयमा सञ्चालन भएको छ ।

वडा नम्बर ५ लेकफाँटको ग्रामप्रकाश मावि र मालिका आधारभूत विद्यालय तथा वडा नम्बर ६ को शालिजा मावि र ज्योती मावि ओख्रेनीमा अभिभावकहरुलाई अभिमुखीकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, कार्यपालिकाको शिक्षा शाखा संयोजक एकिन्द्र खत्री र वडा नम्बर ६ का अध्यक्ष बलबहादुर पुन सहभागि शालिजा र ज्योती माविको कार्यक्रममा रवि किरण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र वडा नम्बर ५ का अध्यक्ष तिलक जिसीको उपस्थितिमा ग्रामप्रकाश मावि र मालिका आधारभूत विद्यालयमा भएको कार्यक्रमको बद्री दाहाल र अशोक सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन साउन १५ गतेदेखि कार्यक्रम शुरु भएको थियो ।

जलजला गाउँपालिकामा रहेको ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरुलाई सम्बन्धित विद्यालयमा भेला गरेर शैक्षिक सुधारका लागि उनिहरुको भूमिका सम्बन्धी अभिमुखीकरण गरिने गाउँपालिकाको शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यले बताउनुभयो ।

‘सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकलाई जिम्मेवार बनाउने अभियानको उद्देश्य हो,’ उहाँले भन्नुभयो ‘पहिलो चरणमा साउन १५ देखि १८ गतेसम्म सञ्चालन भएको कार्यक्रम, दोस्रो र तेस्रो चरणमा चलाउछौ ।’

परामर्शदाता कम्पनी सिटिएफ नेपालका प्रतिनिधिहरुले शैक्षिक सुधारका लागि अभिभावकको दायित्व र भूमिकाका विषयमा सहजिकरण गर्नुभएको छ । अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पु¥याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...