झिँबासीको समाजघर बनाउने योजनामा सांसद भण्डारीको साथ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा समाजघर (सामुदायिक भवन) ठडिएको छ ।

स्थानीयबासीले चन्दा संकलन गरेर जुटाएको रकमबाट किनेको जग्गामा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहयोगमा भवन ठडिएको हो ।

झिँ समाजघर उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुनले आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको रु. २५ लाख बजेटबाट ८ मिटर चौडाई र १३ मिटर लम्बाई भएको एक तले जस्तापाटाले छाएको भवन निर्माण भएको जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“केही वर्षपहिले रु. २५ लाखमा तीन रोपनी जग्गा किनेर राखेको थियौ,” उहाँले भन्नुभयो “गत वर्ष सांसद भण्डारीले सिफारिस गरेर प्रदेशबाट आएको रु. २३ लाख ७० हजार र रु. दुई लाख भन्दा बढीको श्रमदानमा निर्माण भएको भवनमा पलास्टर, फर्निचर, रंगरोगन, पानी, बिजुलीको काम बाँकी छ ।”

स्टोर र किचनका लागि बनाइएको यो भवन तत्काल अर्को भवन नबन्दासम्म सभाहलकै रुपमा प्रयोग गरिने भएको छ । भवनमा डेढ सय जना भन्दा बढी अटाउन सक्ने क्षमता छ । सभा, सम्मेलन, भेला, छेवार, किरिया, बिवाह जस्ता कार्यक्रम र भोज सञ्चालन गर्न भवन प्रयोग गर्ने योजना छ ।

सभाहलका लागि अर्को छुट्टै भवन बनाउन गाउँपालिका, प्रदेश र संघीय जनप्रतिनिधिलाई प्रस्ताव गरेको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो । ठडिएको भवनलाई पूर्णता दिन रु. दश लाख भन्दा बढी बजेट आवश्यक पर्छ ।

गण्डकी प्रदेशसभा सदस्य भण्डारीले झिँ समाजघरका उपभोक्ता समितिले तोकिएको बजेट अनुसार पुरै काम गरेकामा खुसी व्यक्त गर्नुभयो । भवनलाई पूर्णता दिन समन्वय र पहल गर्ने उहाँले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...