बासुरी बादनमा चम्किएका दिनेश

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा ५ सम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो ।

बाबियाचौर देखि सातबिसेको विद्यालय जादाँ र घर फर्कदा बाटो बाटो काट्ने क्रममा दिनेशले सिकेको बासुरी बजाउने कला अहिले उहाँको जिवन जिउने आधार बनेको छ । “बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाई राम्रो हुदैन भनेर आमाले मलाई थोरै बिद्यार्थी भएको सातबिसेमा पढ्न पठाउनु भएको थियो,” उहाँले भन्नुभयो “स्कुल जाँदा र घर फर्कदा बाटो काट्न बासुरी बजाउने गर्दथे । अहिले त्यही सिप र कला मेरो जिविकोपार्जनको आधार बनेको छ ।”
बाटो हिड्दा, मेलापात जाँदा, विद्यालय र गाउँको कार्यक्रममा सिमित रहेको दिनेशको बासुरी बजाउने कलाले वि.स. २०६२ मा बेनीमा भएको म्याग्दी महोत्सवमा उजागर हुने मौका पायो । अहिले उहाँलाई मेला, महोत्सव, महायज्ञमा बाँसुरी बजाउन आयोजकले शूल्क तिरेर बोलाउँछन् । ‘लाईभ कार्यक्रम’ आयोजकले पनि बासुरी बजाउन दिनेशलाई बोलाउने गर्छन् ।

“विदेश जाने प्रयास सफल भएको छैन,” दिनेशले भन्नुभयो “आम्दानीको अन्य स्रोत र ब्यापार व्यवसाय छैन । १७ वर्षदेखि बासुरी बजाएर आफ्नो र घरखर्च चलाएको छु ।” महायज्ञ र महोत्सवमा बासुरी बजाएको एकमुष्ट रु. ३५ हजार शूल्क लिने गरेको दिनेशले बताउनुभयो । अन्य कार्यक्रममा बासुरी बजाएको दैनिक रु. पाँच हजार शुल्क लिने गर्नुहुन्छ ।

Shreekrishna hardwear in news

८÷९ वर्षको उमेर देखिनै बासुरीमा ‘टक’ बसेपछि बासुरीबाट नै दिनेशको ‘लक’ (भाग्य) चम्काउने माध्यम बनेको छ । बासुरीका प्वालहरुमा हात चल्न थालेपछि भोक र निद्रा समेत विर्सिने दिनेश बताउनुहुन्छ । दिनेशलाई म्याग्दीका साथै काठमाडौ, पोखरा, चितवन, रुपन्देही, पर्वत, बाग्लुङ, स्याङ, तनहुँमा आयोजना हुने महायज्ञमा बोलाउने गर्छन् ।

Bhautik ministry notice about road

दिनेशले बजाएको बासुरीको धुन युट्युवमा हेरेर, सुनेर पैसा र उपहार पनि पठाउँछन् । कृष्णराज पौडेलले ‘हाम्रो म्याग्दी’ ‘युट्युव च्यानल’मा राखेको बासुरी बजाएको भिडियो हेरेर बुटबल पुगेका बेला एक जना होटल सञ्चालकले सित्तैमा खाना खुवाएर पठाएका थिए ।

दोहोरी गित गाउने र मादल बजाउने कला पनि दिनेशसँग छ । केही दिन कास्कीको ल्याङ पुगेका दिनेशको बासुरी बजाउने कलाबाट प्रभावित भएर त्यहाँको होमस्टे सञ्चालक दिपक गुरुङले फेरी आउँदा निशूल्क खान, बस्ने व्यवस्था मिलाउने घोषणा गर्नुभएको थियो ।

जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु दिनेशको विशेषता रहेको लोक गायक अमित विश्वकर्माले बताउनुभयो । “दिनेश प्रतिभाशाली कलाकार हुनुहुन्छ,” उहाँले भन्नुभयो “उहाँले अवसर पाउने हो भने राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा स्थापित बासुरी बादक बन्न सक्ने कला र क्षमता छ ।”

दिनेशले २४ वटा बासुरीबाट विभिन्न किसीमका धुन निकाल्नु हुन्छ । उहाँले बजाएको बासुरीको धुन सुनेर कोमल हृदय भएकाहरुले आँसु निकाल्छन् । परिवारका एक्ला सन्तान दिनेशको जिवन निकै संघर्षमय छ । बुवाले हेला गरेका दिनेशलाई आमाले हुर्काउनु भएको हो । आमाको पनि चार वर्षअघि निधन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...