मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

Gandaki Pardesh notice

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ ।

प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा उद्दार गरिएको हो ।

Bhautik ministry notice about road

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सम्झना कार्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेपछि के.सी.ले छोरी जन्माउनु भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ,” उहाँले भन्नुभयो “बिहान ६ बजे मराङ स्वास्थ्य चौकीमा पुगेकी दिनाको स्वास्थ्य अवस्था जटिल हुदै गएपछि प्रदेश सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाएर पोखरा लगिएको हो ।”

प्रभु एयरको हेलिकप्टर मार्फत दिनालाई पोखरा लगिएको थियो । गण्डकी प्रदेश सरकारको गर्भवति र सुत्केरीको हेलि उद्दार कार्यक्रम प्रभावकारी बनेको छ । दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवति र सुत्केरीलाई तत्कालै उद्दार गरेर अस्पताल पु¥याइ आमा र बच्चाको ज्यान बचाउन सहयोग मिलेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...