घोस्टेखोर लघुजलबिद्युत परियोजना सूचारु

Sinchai Khanipani notice

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित घोस्टेखोर लघुजलबिद्युत परियोजना मर्मत पछि सूचारु भएको छ ।

बाढीले नहर बगाएपछि गत असार महिनादेखि बन्द भएको परियोजना मर्मत गरेर बिद्युत उत्पादन सूचारु गराइएको उपभोक्ता समितिले जनाएका छन् । नहर बगाएको ठाउँमा पाइप राखेर पानी चलाएर बिद्युत उत्पादन गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो ।

शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि तीन वर्षअघि ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको थियो । ढाडखर्क, बयली र खोपारा स्थित सामुदायिक लजमा बिद्युत आपुर्ति सूचारु भएको अध्यक्ष पाइजाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लजका सञ्चालकहरुले श्रमदान गरेर परियोजना मर्मत गरेको उहाँले बताउनुभयो । भौगोलिक रुपमा दुर्गम र बस्ती देखि टाढा रहेका सामुदायिक लजमा बिद्युत आपुर्ति नहुँदा उज्यालोका लागि टुकी र सोलार बत्तिको साहरा लिनुपरेको थियो ।

परियोजना सूचारु भएपछि मोवाइल चार्ज गर्न, इन्टरनेट चलाउन, खाना पकाउन र उज्यालोका लागि सहज भएको छ । सरकारी निकायबाट न्युन मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाईजा र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको पहलमा आर्थिक स्रोत जुटाएर सम्पन्न गरिएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोपारा नयाँ पर्यटकीय स्थलको रुपमा विकास भएको छ । पर्यटकको सुबिधा र गाउँका सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायिक लज सञ्चालन गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...