जलजलामा अभिभावक शिक्षा कार्यक्रम शुरु

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन ‘अभिभावक शिक्षा’ कार्यक्रम शुरु गरेको छ ।

विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गरेको हो । फर्से धाईरीङ मावि सल्यान, कृष्ण भवन धर्म मावि धाइरिङ र शिव मावि नाग्लीवाङमा सोमबार सञ्चालन भएको कार्यक्रम जलजलाका ४७ वटै सामुदायिक विद्यालयमा गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष टुंगनाथ शर्मा, कार्यपालिकाको शिक्षा संयोजक एकिन्द्र खत्री, शिक्षा शाखा प्रमुख त्रिबिक्रम आचार्य, प्राविधिक सहायक देवी शर्मा सहित स्थानीय अभिभावक र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा सिटिएफ नेपालका कार्यकारी निर्देशक बद्रि दाहाल र निर्देशक अशोक सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna

सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको मागअनुसार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्व लगायतको विषयमा जानकारी दिएर अभिभावकलाई थप जिम्मेवार बनाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Gunasthariya Shiksya

‘यसले बच्चाहरूको विकास र सिकाइलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ। आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षसहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्छ’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘यस शिक्षाले व्यावहारिक अभिभावकीय सीप र रणनीति प्रदान गर्ने छ । प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।’

अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पु¥याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने लगायतका सीप अभिभावकले सिक्ने छन् ।

स्वस्थ सम्बन्ध, बाल सुरक्षा, भावनात्मक व्यवहार, बाबुआमा वा संरक्षकबाट हुने ‘रोल मोडलिङ’ लगायतका विषयमा अभिभावकहरूलाई जानकारी गराएर बालबालिकाहरूको सिकाइमा थप सहजीकरण गर्ने गाउँपालिकाको योजना छ ।

कार्यक्रम अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषयमा शैक्षिक विज्ञ, कर्मचारी, जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, सम्बन्धित वडाका अध्यक्ष तथा शैक्षिक सरोकारवालाको उपस्थितिमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

अभिभावकले जस्तो व्यवहार गर्छन् त्यसैको सिको बालबालिकाले गर्ने भएकाले पनि अभिभावक शिक्षाको आवश्यकता महशुस गरिएको हो । ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले साउन १५ देखि १८ गतेसम्मका लागि समय तालिका बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...