एनआरएनए जापानको उपाध्यक्षमा श्रेष्ठ, क्षेत्रीय समिति नागोयाको कोषाध्यक्षमा पुन विजयी

Gandaki Pardesh notice

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ ।
जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५) का लागि उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो । आइतबार नै भएको निर्वाचनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान क्षेत्रीय समिति नागोयाको कोषाध्यक्षमा रुपेश पुन (रुपेश चोचाङ्गी पुन) विजयी हुनुभएको छ ।
कोषाध्यक्षमा निर्वाचित पुनले २८५ मत प्राप्त गर्नुभएको थियो । मोना जापान क्षेत्रीय सचिव समेत रहनुभएका पुन यसअघि एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको सदस्यमा रहेर काम गर्नुभएको थियो । हाँले कोषाध्यक्षमा विजयी गराउन भोट गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...