मगर संघ युएसएमा म्याग्दीका पुन

Gandaki Pardesh notice

बेनी, । नेपाल मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर निर्वाचित हुनुभएको छ ।

शनिबार भएको संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

Bhautik ministry notice about road

बरिष्ठ उपाध्यक्षमा दिपसागर बुढामगर, इस्टन उपाध्यक्ष जिभराज बुढामगर, सेन्टर उपाध्यक्षमा टेकबहादुर थापामगर, लजिस्टिक उपाध्यक्षमा गणेश आले मगर, महिला उपाध्यक्षमा जेनिसा घर्तिमगर र महासचिवमा भुवन सिंह आले मगर चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

सचिवमा पूर्णबहादुर पाईजा मगर, ट्रेजरमा यामुना थापामगर, जोइन्ट टे«जरमा रुपा सिंजाली मगर र सदस्यहरुमा केश पुमगर, विकास घर्तिमगर, केश पुन मगर, प्रदिन एस मगर, कमल थापा सारु मगर र प्रकाश राना मगर चयन हुनुभएको छ ।

केन्द्रिय सदस्यमा चयन हुनुभएका केश पुन मगर म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनाका हुनुहुन्छ । विकास घर्तिमगर पनि म्याग्दीकै हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...