पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकीको उपाध्यक्षमा म्याग्दीका जिसी

Gandaki Ghumau

बेनी । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको उपाध्यक्षमा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी चयन हुनुभएको छ ।

पोखरामा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनबाट ऋषिराम बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा म्याग्दीका जिसी चयन हुनुभएको हो ।

Gunasthariya Shiksya

जिसी बाहेक संघको अन्य दुई जना उपाध्यक्ष मुनादेवी लम्साल, महेन्द्रप्रसाद पोखरेल रहनुभएको छ । सचिवमा दीपेन्द्र पौडेल, सहसचिवमा विजय शर्मा र कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

Shreekrishna

सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी चयन हुनुभएको छ ।

अधिवेशन उद्घघाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरर्गत अहिले रु. एक करोड ७५ लाख रकम विनियोजन भएकोे तर अब बढाएर चालु वर्ष नै यो रकम ५ करोड पु¥याइने घोषण गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...