सिमलचौरको सडकलाई हरियाली बनाइदै

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत मंगला गाउँपालिका–२ को सिमलचौर स्थित सडकको डिलमा वृक्षारोपण अभियान शुरु गरिएको छ ।

Bhautik ministry notice about road

सडकको सौन्दर्यकरण र वातावरण प्रदुषण न्युनीकरण गर्ने उद्देश्यले गत वर्ष कालोपत्र भएको सडकको डिलमा फुल प्रजातिका बिरुवा रोप्न थालिएको हो । स्थानीय रुद्रबहादुर केसी र युवा ब्यवसायी अशोक शर्माको अगुवाईमा शुरु भएको अभियानको शनिबार जेष्ठ नागरिक खडककुमारी उपाध्यायले शुरुवात गर्नुभएको थियो ।

फापरखेत देखि कुहुँ जाने शाखा सडकको चोक रहेको सिम सम्म कल्की, धुपी र स्थानीय जातका ५०० भन्दा बढी बिरुवा रोपिएको स्थानीय जिवन शर्माले बताउनुभयो । सिमलचौर र कुहुँका गरि करिब ३० जनाले श्रमदान गरेर वृक्षारोपण गर्नुभएको हो । रोपेका बिरुवा हुर्किएपछि सडक सफा र आकर्षक देखिने, वायु प्रदुषण कम हुने र सौन्दर्यकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...