मृगौला पिडित खातुनलाई लायन्स क्लव र मुस्लिम समाजको सहयोग

Sinchai Khanipani notice

बेनी । पर्वत बेनीकी मृगौला पिडित जमिला खातुनलाई बुधबार करिब पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

लायन्स क्लव अफ बेनी सिटीले ५४ हजार ७८५ र मुस्लीम समाज म्याग्दीले बीस हजार रुपैयाँ सहयोग गरेका छन् । मृगौलापिडित खातुनलाई डायलाइसीस र मृगौला प्रत्यारोपणमा सहयोग पुगोस भनेर सहयोग गरेको क्लवले जनाएको छ ।

क्लबका अध्यक्ष अमित बानिया, संस्थापक अध्यक्ष अम्बिककुमार श्रेष्ठ, पुर्व अध्यक्ष सुविन श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, मुस्लिम समाजका अध्यक्ष रहमद खान लगायतले रकम हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

क्लबले कार्ययोजना अनुसार बेनीमा तीन सय वटा विभिन्न प्रजातिका वृक्षारोपण, पहिरो पिडितहरुलाई सहयोग हस्तान्तरण, पुलाश्रम मन्दिर परिसरमा रुद्राक्ष र एभोकाडोका ५० थान बिरुवा रोपिएको छ ।

कोरोना संक्रमण न्युनीकरणका लागि म्याग्दीका ५ वटै गाँउपालिकाहरुमा ५०÷५० वटाका दरले फेससिल वितरण गरेको थियो । क्लबको वार्षिक कार्ययोजना अनुसार आगामी दिनमा अन्य कार्यक्रम समेत गरिने अध्यक्ष अमित बानियाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...