मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ ।

मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र बाच्छाबाच्छिलाई अध्यक्ष गर्बुजाले गोठमै पुगेर खोप (भ्याक्सीन) लगाउनुभएको हो । तीन दिन वडा नम्बर ५ का बिरामी पशुहरुलाई खोप लगाउनु र औषधी उपचार गर्नुभएका गर्बुजा आइतबार बिहान वडा नम्बर ४ को सिक्नेरी पुग्नुभएको छ ।

“प्राविधिक जनशक्ति कम भएकाले म आफै भ्याक्सीन लगाउन गोठ गोठमा पुगिरहेको छु,” गर्बुजाले भन्नुभयो “देविस्थानका १०० भन्दा धेरै गाई, गोरु र बाच्छाबाच्छीलाई खोप लगाएर सिस्नेरी आएका छौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सिस्नेरीमा १५ भन्दा बढी पशु लम्पी स्किनबाट बिरामी परेको भेटिएको छ । अध्यक्ष गर्बुजा सँगै वडा सदस्य तुलसी पुर्जा, स्थानीय पविता पुन र भेटेरीनरी विषय अध्ययनरत विद्यार्थीहरु बिरामी पशुको उपचारमा खटिएका हुन् । बाली र पशु स्वास्थ्य सेवा विषयको अध्ययन गर्नुभएका गर्बुजा बिमको किसानी प्राविधिक शिक्षालयका संस्थापक प्राचार्य हुनुहुन्छ ।

“अध्ययन पनि गरेको, ज्ञान, सिप र अनुभव भएकाले प्राविधिक नभएपछि आफै भ्याक्सीन लगाउन हिडेको छु,” उहाँले भन्नुभयो “लम्पि स्किनरोगबाट बिरामी परेका पशुको उपचार गरेर क्षति हुन नदिन सबै वडामा औषधी र भ्याक्सीन सहित प्राविधिक परिचालन गरेका छौ । प्राविधिकले नभ्याएको ठाउँमा म आफै पुगेको छु ।”

लम्पी स्किनबाट बिरामी गाईगोरुको उपचारका लागि गाउँपालिकाले औषधी खरिद गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन बिरुद्धको भ्याक्सीन र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले औषधी उपलब्ध गराएको थियो ।

ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । लम्पी स्किनका कारण गाईभैसी बिरामी पर्दा दुध उत्पादन घटेको छ । गोरु बिरामी हुँदा धान रोपाई लगायत खेतीबाली लगाउने काम प्रभावित बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...