एनआरएनए न्युजील्याडको अध्यक्षमा लाल केसी सर्वसम्मत

Gandaki Pardesh notice

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको अध्यक्षमा लालबहादुर केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका केसी २०२३–२५ का लागि अध्यक्षमा चयन हुनुभएको हो । केसी अघिल्लो कार्यकाल पनि एनआरएनए न्युजील्याडको अध्यक्ष हुनुहुन्थ्यो । न्युजील्याण्डका सफल नेपाली व्यवसायी एवम् समाजसेवी केसीलाई न्युजिल्याण्डमा रहेका नेपालीहरुले पुन एक पटक आएनआरएनको नेतृत्वका लागि प्रस्ताव गरेपछि सहमतिको आधारमा कार्यसमिति चयन भएको हो ।

Bhautik ministry notice about road

सन २०१९–२१ को कार्यकाल सफलतापुर्वक सम्पन्न गरेका केसी समुदायमाझ लोकप्रिय हुनुहुन्छ । एनआरएनए न्युजील्याण्डको नेतृत्वपछि आइसीसी सदस्य समेत भएर काम गर्नुभएका केसी संस्थागत विकास तथा विभिन्न रचनात्मक कार्यमा अब्बल हुनुहुन्छ । न्यजील्याण्डमा किबी, जापान सहित अन्य विभिन्न देशमा ब्यापारिक सञ्जाल विस्तार गर्नुभएको छ ।

Shreekrishna hardwear in news

न्युजील्याण्डमा रहेका नेपालीहरुको हक हित र अप्ठ्यारोमा अगुवाई गरेर साथ दिदै आउनुभएका केसीले गृहजिल्ला म्याग्दी र जन्मथलो सिंगाको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सामाजिक क्षेत्रमा पनि योगदान गर्नुभएको छ । केसीले हजुरआमाको नाममा गौमति विकास अक्षयकोष स्थापना गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...