चिनाकोटमा बरंजा भूतपूर्व विद्यार्थी क्लबको सरसफाई

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा रहेको ऐतिहाँसिक स्थल चिनाकोटमा बिहिबार सरसफाई गरिएको छ ।

महेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको बरंजा भूतपूर्व विद्यार्थी क्लबको आयोजनामा सरसफाई गरिएको हो । क्लवका अध्यक्ष प्रकाश सापकोटाको नेतृत्वमा पदाधीकारी र सदस्यहरुले चिनाकोट वरपर फालेका फोहोर संकलन गरेर व्यवस्थापन गर्नुभएको थियो ।

ऐतिहाँसिक महत्वको पर्यटकीय स्थल चिनाकोटको पर्यटन प्रर्वद्धनका लागि प्रचारप्रसार र त्यहाँ पुगेका पर्यटकहरुले फालेका पलास्टिक जन्य फोहोर व्यवस्थापन गर्न कार्यक्रम गरिएको क्लवका सचिव गंगबहादुर खत्री (गणेश)ले बताउनुभयो ।

Shreekrishna hardwear in news

हिमाली सौन्दर्य, मगर संस्कृति र मीठो खाना पाइने झाँक्रीपानी नजिकै दुई हजार २८० मिटरको उचाईमा रहेको चिनाकोट अर्को पर्यटकीय आकर्षण हो । झाँक्रीपानीबाट आधा घन्टा हिँडेमा कोटमा पुगिन्छ । त्यहाँबाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरि र माछापुच्छे« लगायत हिमाल छर्लङ्ङ देखिन्छन् ।

डाँडामा ठूला ढुङ्गा र रुख छन् । पुराना घरका भग्नावशेष पनि । बेहुलाबेहुली ढुङ्गा, रानीले कपाल कोर्दा बस्ने ढुङ्गालगायत छन् । स्थानीय संस्कृतिविद् अमरबहादुर रोकाका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा चौबीसे राज्यबाट दलबलसहित ‘चिना’ नाउँकी रानी भागेर अग्लो डाँडाको धुरीमा बसेकी थिइन् ।

Bhautik ministry notice about road

‘चिना रानी बसेको डाँडा भएकाले पछिपछि चिनाकोट भन्न थालियो’, उहाँले भन्नुभयोे, ‘रानी ज्यान जोगाउन यहाँ बसेको जनश्रुति छ । तर, कुन राज्यकी रानी हुन् भन्ने खुलेको छैन ।’ चिनाकोट मुन्तिर बाहुनकोट छ । तिनताका बाहुनहरूले रानीका लागि त्यहाँ खाना बनाएर चिनाकोटमा पु¥याउने गरेको बुढापाका बताउँछन् । त्यस्तै बाहुनकोट मुन्तिर बाहुन पँधेरा छ, त्यहीँको पानी लगेर खाना पकाइन्थ्यो ।

चिनाकोटमा भेटिएका खुँडा र तरबार लगायतका हतियारहरू थर्पु कोटघरमा सुरक्षित राखिएको छ । बेहुलाबेहुली ढुङ्गाको नामाकरण पछि भएको हो । टाढाबाट झलक्क हेर्दा घुम्टो ओढेकी बेहुली र बेहुलाजस्तै देखिने भएकाले ‘बेहुलाबेहुली’ भनिएको हो ।

संस्कृतिविद् रोकाले चिनाकोट क्षेत्र अध्ययन गरेर विसं २०७६ सालमा ‘बरंजा र ५४ कुरियाको चिनारी’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ । चिनाकोटको थप अध्ययन आबश्यक देखिन्छ । ‘यसमा गहिरो अध्ययन आबश्यक छ’, संस्कृतिविद् रोका भन्न्नुहुन्छ ‘यसमा मंगला गाउँपालिका, पुरातत्व विभाग र सरकारले ध्यान देओस् ।’

स्थानीय गाउँपालिकाले डाँडा चढ्ने सिँढी निर्माण र गोरेटो सुधार गरेको छ । डाँडाको थाप्लोमा प्रतिक्षालय बनाइएको छ । चिनाकोट घुम्न जाँदा खाना र बासको समस्या छैन । झाँक्रीपानीमा सामुदायिक होमस्टे सञ्चालित छ । मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्यालका ६० घर रहेको गाउँका २२ घरमा होमस्टे गराइन्छ ।

होमस्टेमा सस्तो छ । खानाको १५० रुपैयाँ, चियाको २० रूपैयाँ, रक्सी बोतलको ६० रुपैयाँ, खाजाको १०० रुपैयाँ मात्र पर्छ । बेनी–झाँक्रीपानी २४ किमि, जीपमा दुई घन्टा । बेनीबाट दिउसो ४ बजे बस छुट्छ । बस दुर्दीसम्म पुग्छ, दुर्दीबाट ४५ मिनेट हिँडे झाँक्रीपानी पुगिन्छ । जीप झाँक्रीपानीसम्मै पुग्छ । झाँक्रीपानीबाट आधा घन्टा हिँडेमा चिनाकोट पुगीन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...