विषयगत शिक्षण कार्य समुह गठन एवम प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिहिबारदेखि विषयगत शिक्षण कार्य समूह गठन एवम् प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु भएको छ ।

जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा शिक्षकहरुको क्षमता विकासका लागि प्रश्नपत्र निर्माण सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदानका साथै अनुभव आदानप्रदान गरिने भएको छ ।

प्रश्नपत्र निर्माणका क्रममा देखिएका समस्या, समाधानका लागि अपनाइएका उपाय, असल अभ्यास र चुनौतिका विषयमा विज्ञ र विषयगत शिक्षकहरुबीच अन्तरक्रिया हुनेछ् । दुई दिनको कार्यक्रम पछि सबै ९ वटै वडामा अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग वृहत छलफल गर्ने कार्यक्रम छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जलजला गाउँपालिकाले उपलब्धी मापन परिक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो पटक असार २९ गते भएको उपलब्धी मापन परिक्षाको नतिजा प्रकाशन पछि २०७९ को एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय, प्रअ, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम गाउँपालिकाले बनाएको शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यले बताउनुभयो ।

कार्यशालाको उद्घाटन गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गत वर्ष भएका अभ्यासलाई यसपाली थप परिमार्जन सहित निरनतरता दिइएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...