म्याग्दीको बगर गाउँमा घोडेटोबाटोको सम्पर्क टुट्यो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को सिम्कोश बगरमा पहिरोले पदमार्ग बगाएपछि घोडेटोबाटोको सम्पर्क टुटेको छ ।

नाउराको भिरमा पर्ने उजला भन्ने भन्ने ठाउँबाट बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगरको यातायात सम्पर्क बिच्छेद भएको होे । सडक सुविधा नपुगेको बगर म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम बस्ती हो ।

बगरका बासिन्दा समेत रहेका वडा सदस्य हरिप्रसाद तिलिजाले पहिरोले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवत जावत बन्द भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

‘बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ,’ उनले भने ‘१६ वर्षदेखि प्रयोग नभएको डेढ घण्टा घुमाउरो मानिस मात्र हिड्न सक्ने पुरानो पदमार्ग पनि झाडीले भरिएको छ ।’

Bhautik ministry notice about road

भिरको झाडी पन्छाएर जोखिम मोलेर हिड्नुपर्ने अवस्था छ । घोडा, खच्चर, गाई, भैसी आवत जावत गर्न सक्दैनन् । पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जाने नसक्ने अवस्था छ ।

गाउँ बाहिरको विद्यालय क्याम्पसमा पढ्ने विद्यार्थीहरु समस्यामा परेका छन् । बगर हुदै धवलागिरी आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भ्रमणमा आउने पर्यटकहरुलाई पदमार्ग नहुँदा समस्या पर्ने देखिन्छ ।

बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने बैकल्पिक पदमार्गको मर्मत गरि आवत जावत सहज बनाउन पहल गर्ने बताए ।

धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भिरमा दन्द्धकालमा तत्कालीन नेकपा माओवादीले शुरु गरेको पदमार्ग निर्माणको काम वि.स. २०६३ मा नेपाली सेनाले पूर्णता दिएको थियो । पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...