कुरिलाखर्कको ओडारमा बस्दै आएका राहुलको उद्दार

Gandaki Pardesh notice

बेनी, बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ ।
बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओडारबाट उद्दार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिनुभयो ।
“एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका उहाँको अवस्था नारकीय थियो । धेरै पटकको प्रयास पछि आज आश्रममा जान मान्नुभयो,” उहाँले भन्नुभयो “घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुर्नस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौ ।”

Bhautik ministry notice about road


शारिरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामीछाने र नगरप्रहरीको टोलीले उद्दार गर्नुभएको थियो । छोराहरुको मृत्यु, श्रीमतिले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य हुनुभएको थियो ।
“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,” राहुलले भन्नुभयो “उमेर घर्किएपछि गाउँ फर्कदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।”राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको थियो ।

Shreekrishna hardwear in news


सो ओडर बेनी बजार देखि करिब एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरिर चिसोले सुन्निएको छ ।
काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताउनुभयो । “मेरो भैसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्षजती भयो,” उहाँले भन्नुभयो “काम गर्न सक्दिन । मलाई यही ठिक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन् ।”
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागेपनि रातमा चिसो हावा र पानीको बाछिता सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...