एनआरएनएको सदस्यमा म्याग्दीका बिक्रम कार्कीको उमेद्वारी

Gandaki Pardesh notice

बेनी, । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको आगामी (२०२३–२५) कार्यकालका लागि म्याग्दीका विक्रम कार्कीले आइसीसी सदस्य पदमा उम्मेद्ववारी दिनुभएको छ ।
कतारमा रहेर रोजगारी र ब्यापार व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्था तथा गतिविधिमा सक्रिय रहँदै आएका कार्कीले आइसीसी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । कार्यसमिति छनोट समितिले सोमबार राति जारी गरेको सूचनाअनुसार आइसीसी सदस्यका ६ पदमा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।
कार्की बलिया प्रतिस्पर्धीका रूपमा देखिनुभएको गैरआवासीय नेपालीहरुले बताएका छन् । डेढ दशकदेखि कतारलाई कर्मथलो बनाएका कार्कीसँग म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिको महासचिव, मोना कतारको अध्यक्षसहित विभिन्न पदमा रहेर सामाजिक काम गरेको अनुभव छ । मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष समेत रहेका कार्की शालीन व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

Bhautik ministry notice about road

विक्रम कार्की
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि डटेर लड्न र एनआरएनए अभियानमा युवाहरूको भूमिका अझ सशक्त बनाउनका लागि आफूले उम्मेद्वारी घोषणा गरेको कार्कीले बताउनुभयो ।
उहाँले कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीबी, व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा साथ, सहयोग र समर्थनका लागि अपिल पनि गर्नुभएको छ ।
२७ जुलाई बिहान १० बजेबाट २८ जुलाई राति १२ बजे (नेपाली समय)सम्म मतदान गर्ने तालिका समितिले सार्वजनिक गरेको छ । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन २९ जुलाई दिउँसो २ बजेबाट होलिडे इन होटेल (द बिजनेस पार्क)मा हुने तय भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...