म्याग्दीका तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कार, वन डिभिजनको ९९ प्रतिशत पुजिगत बजेट खर्च

Gandaki Pardesh notice

बेनी, म्याग्दीका तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई मंगलबार पुरस्कृत, एक÷एक जना वन प्राविधिक र पत्रकारलाई सम्मान गरिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण संरक्षण, वन पैदावारको प्रयोग मार्फत जिविकोपार्जन सुधार र सामाजिक क्षेत्रमा योगदान गरेका समूह, पत्रकार र कर्मचारीलाई पुरस्कृत गरेको हो ।

छनौट समितिको सिफारिसको आधारमा रघुगंगा–८ को कृष्ण तालाबन्दी, अन्नपूर्ण–७ को औला र धवलागिरी–३ को छेरपातल सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए ।

Shreekrishna hardwear in news

तीन वटा सामुदायिक वनलाई क्रमश दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सव डिभिजन कार्यालय दरवाङका रेञ्जर दिपक शेरचन र कान्तिपुरका पत्रकार घनश्याम खड्कालाई दोसल्ला ओढाएर प्रंशसापत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र वन अधिकृत रानाभाटले पुरस्कार वितरण गरेका थिए । यसैगरी डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷०८० मा करिब सत प्रतिशत पुजिगत बजेट कार्यान्वयन गरेको छ ।

Bhautik ministry notice about road

पुजिगत शिर्षकमा ९८ लाख पचास हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा ९८ लाख ६ हजार २७७ रुपैयाँ अथवा ९९.५५ प्रतिशत बजेट खर्च भएको छ । कार्यालय मार्फत अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जंगलमा गुराँसपार्क र सोही वडाको रातोपानी कुण्डमा विश्रामस्थल बनाइएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।

पकेट क्षेत्रमा जडिवुटी खेती विस्तार कार्यक्रम मार्फत बेनी नगरपालिका –३ मुसुङमा सतुवा र धवलागिरी गाउँपालिका–१ गुर्जामा अतिस र सेकदचिनी जातको जडिवुटी खेती भएको छ । मुसुङका डम्मरबहादुर गोतामेले सतुवा खेती गर्नुभएको हो ।
कृषि वन कार्यक्रम अन्तरगत बेनपा–३ का राम रुचालले जग्गा भाडामा लिएर राखुमा टिम्मुर र भकिम्लीमा ओखर खेती गरेका छन् । बेनपा–५ को सिभाको पाखो सामुदायिक वन उपभोक्ता समूहमा १.५ हेक्टर अतिक्रमित वन फिर्ता गरी एक हजार ६०० घाँस प्रजातिका बिरुवा रोपिएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए ।


बेनपा–१ को पहिरो ग्रस्त कमेरे झ्याउले सामुदायिक वनमा ३० थान ग्यावीयन पर्खाल निर्माण, ३०० बाँस र ६०० वटा अम्रिसोको बिरुवा रोपिएको छ । वन्यजन्तुलाई पानी पिउनका लागि छ वटा सामुदायिक वनमा एक÷एक वटा पोखरी बनाइएको छ । नदी उकास कार्यक्रम मार्फत मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा ग्यावियन पर्खाल, २०० वटा खयरका बिरुवा रोपिएको र तारले घेराबार भएको छ ।
गत वर्ष निजी वनको काष्ठ निकासीको राजस्व वापत २२ लाख तीन हजार ९५० रुपैयाँ, गैरकाष्ठ वन पैदावारबाट एक लाख चार हजार ४७५ रुपैयाँ र जलविद्युत आयोजनाको कवुलियति दस्तुर वापत दुई लाख सत्तरी हजार रुपैयाँ राजस्व संकलन भएको छ । एक वटा काठ र एक वटा वन्यजन्तु अपराध सम्बन्धी मुद्दा चलाएको छ ।


वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका २६ जना कृषकलाई तीन लाख सात हजार रुपैयाँ राहत वितरण गरेको छ । नयाँ आर्थिक वर्षदेखि बाँदरले मानीसलाई आक्रमण गरेर घाइते बनाएको र बालीको क्षति गरेको अवस्थामा पनि राहत दिने गरी कार्यबिधी संसोधन भएर आएको सहायक वन अधिकृत क्षेत्रीले बताए ।
यसअघि हात्ति, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बदेल, अर्ना, मगर गोही, गौरीगाई, अजिंगर, नीलगाईले मानिस, पशु र बालीमा क्षति गरेको अवस्थामा राहत दिने व्यवस्था थियो ।
४४ जनाको दरबन्दी रहेको कार्यालयमा हाल २३ जना मात्र कार्यरत हुँदा योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । पछिल्लो समय वनको काठ बिक्री नभएको र जडिवुटी निकासी पनि घटेको कार्यक्रममा सहभागिले बताएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...