विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन्। लामो समय विदेशी भूमिमा काम गरेपछि उनी फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन्।

‘विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ’, उनले भने, ‘हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु।’

हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहनुभएका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गरे। टर्कीबाट प्रतिगोटा रु एक हजार सात सय ५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ। चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाएका हुन्।

Shreekrishna

समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखरखेतीका लागि अनुकूल मानिन्छ। बोवाङको जङ्गलमा प्राकृतिकरुपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो।  

Gunasthariya Shiksya

पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन्। सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा रु ४७ पर्छ। सतुवाको बजार मूल्य हाल प्रतिकिलो रु सातदेखि आठ हजार छ। तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य रु २५ हजार थियो।

‘करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन’, उनले भने, ‘राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु।’ सतुवा र ओखरखेती गर्नुअघि पाखोबारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो।

परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले भने। पुर्जालाई कृषि ज्ञानकेन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो। काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाले तयारी गरेका छन्।

यसैगरी सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकिराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ। औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिषले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ। 

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...