धवलागिरी र मालिकालाई लम्पी स्कीन नियन्त्रणका लागि औषधी सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकालाई गाईभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयआर्जन र विपद् व्यवस्थापन कार्यक्रम मार्फत औषधी खरिद गरेर पालिकाहरुलाई उपलब्ध गराइएको हो ।

मालिका गाउँपाकिलालाई रु. ८२ हजार १६६ र धवलागिरी गाउँपालिकालाई रु. ७६ हजार ५०६ मूल्य बराबरको १० प्रकारका औषधी उपलब्ध गराइएको संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लम्पी स्कीनबाट बिरामी परेका गाईगोरु र भैसीको उपचारका लागि आवश्यक पर्ने औषधी र उपचार सामग्री उपलब्ध गराइएको हो । दरवाङमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की र मुनामा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरलाई परियोजनाको टोलीले औषधी हस्तान्तरण गरेको थियो ।

ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने क्रम बढेको छ । हावा र झिँगाबाट लम्पी स्किन रोग सर्ने गरेको छ । यो रोगको उपयुक्त औषधी नभएपनि खोप पहिचान भएको छ । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दुध उत्पादनमा असर पर्ने जनाइएको छ । लम्पी स्किनका कारण गोरु बिरामी हुँदा कृषकलाई धान बाली लगाउन समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...