पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ ।

गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद हरि भण्डारीको सिफारिसमा बिनियोजन भएको बजेटबाट पदमार्ग निर्माण भएको हो ।

Bhautik ministry notice about road

रत्नेचौरको कार्कीमुहान देखि माझथर हुदै एकपाटे जोड्ने पदमार्ग योजना अन्तरगत पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १५६ मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

Shreekrishna hardwear in news

उपभोक्ता समितिका सचिव सुरज बोहोराले ५६ मिटर दुई मिटर फराकिलो र १०० मिटर १२० सेन्टिर मिटरको आरसिसी ढलान पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि नहरमा हिड्नुपर्ने समस्या हटेको उहाँले बताउनुभयो ।

नरहमाथी ढलान गरेर पदमार्ग बनाएपछि स्थानीयवासीले सुरक्षित रुपमा आवत जावत गर्न सहज भएको छ । नहरमा पैदलयात्रा गर्ने क्रममा लडेर चोटपटक लाग्ने जोखिम थियो । १६ घरधुरी प्रत्यक्ष लाभान्वित भएपनि समग्र रत्नेचौरका बासिन्दाले यो पदमार्गको प्रयोग गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...