मालिकाको हुक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मा हुक्लाङडाडामा एक जनाको ज्यान गएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक किरण लामाका अनुसार उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका थिए । तामाङ करेन्ट लागेर पोलबाट करिब ६ फिट तल खस्दा छाती र खुट्टामा पोलेर बेहोस हुनुभएको थियो । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...