पुष्पलाल स्मृति दिवसमा बालगृहमा शैक्षिक सामग्री वितरण

Gandaki Pardesh notice

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले आइतबार विबिध कार्यक्रम गरेर तत्कालीन नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाएको छ ।

Bhautik ministry notice about road

एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति प्रतिष्ठानमा आयोजित ४५औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा स्वर्गीय पुष्पलालको तस्विरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको थियो । पुष्पलालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपालीले देश अहिले पुष्पलालले अगाडि सारेको नीतिअनुसार अघि बढिरहेको विचार व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य नेपालीले तत्कालीन समयमा स्व. पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे पनि अहिले कम्युनिष्टहरु विभिन्न समूहमा विभाजित भएको बताउँदै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको बताउनुभयो । उहाँले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आबद्ध हुन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै आम नेता, कार्यकर्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले गठबन्धनबाट एमालेमाथि प्रहार हुने गरेको भन्दै गठबन्धन सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यद्वय हरिकृष्ण श्रेष्ठ र खुमबहादुर बानियाँले अहिलेका सबै कम्युनिष्ट पार्टीहरु पुष्पलालले अगाडि सारेको नीति, सिद्धान्त र विचारलाई अनुसरण गर्दै एक हुनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले नै भएको भन्ने निर्वाचनबाटै पुष्टि भएकाले एमालेमा लाग्नुको विकल्प नभएकोमा जोड दिनुभएको थियो । 

स्व. पुष्पलालको ४५औं स्मृति दिवसको अवसर पारेर एमाले म्याग्दीले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षता र स्वागत एवं सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

२००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । १९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मिनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताको रूपमा परिचित हुनुहुन्छ । 

पुष्पलालले जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...