सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

Shreekrishna hardware

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ ।

संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने म्याग्दी नदीमाथी दुई सय मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । मंगला–२ सहश्रधाराका श्रीराम पौडेलले पुल निर्माण भएपछि एक घण्टाको यात्राअवधी पन्ध्र मिनेटमा छोटिएको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“सहश्रधारा, कुर्सिम्ला, रणवाङ, पिपलबोट, छिस्वाङ, टिकावाङ, पाखु, धारा, दुखुबेसी, नयाँबजार, अर्मनका सात सय घरधुरीका पाँच हजार जनसंख्या लाभान्वित भएका छन,” उहाँले भन्नुभयो “घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटेको छ ।”

Shreekrishna

सहश्रधारा र कुर्सीम्ला वारपार गर्न यसअघि पिपलबोट र रातोढुंगा पुगेर घुमाउरो बाटो प्रयोग गर्दा एक घण्टा लाग्ने गरेको थियो । पुल नहुँदा सहश्रधारा, दुखुबेसी, नयाँ बजारका सारदा मावि छिस्वाङमा पर्ने विद्यार्थीहरुलाई घुमाउरो बाटो हिड्नुपर्ने समस्या थियो ।

रु. ७३ लाख ४३ हजारमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी जेके जिवन अपर तामाकोशीले पुल निर्माण सम्पन्न गरेपछि आवत जावत गर्न थालिएको छ । स्थानीयबासीले ससपेन्सन ब्रिज डिभिजनका कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि र जग्गादातालाई अविर जात्रा र फुलमाला लगाएर आइतबार सम्मान गरेका थिए । पुल निर्माण भएपछि स्थानीयबासीमा खुुसीयाली छाएको मंगला–५ अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...