बेनी नगरपालिकामा करारका कर्मचारी निकालिए, स्रोत व्यक्तिको पनि काज फिर्ता

Gandaki Pardesh notice

बेनी, । पाँच जना कर्मचारी र दुई जना सवारी चालकको नयाँ आर्थिक वर्षदेखि करार अवधीको म्याद थप नगरेको म्याग्दीको बेनी नगरपालिकाले दुई जना स्रोत व्यक्तिको काज फिर्ता गरेको छ ।

महालेखा परिक्षकको कार्यालयले दरबन्दि नभएका कर्मचारी र स्रोत व्यक्तिको तलबभत्ताको विषयमा प्रश्न उठाएर उनिहरुले पाएको सेवा सुविधालाई बेरुजु उल्लेख गर्दै आएको थियो । मेयर सुरत केसीको अध्यक्षतामा असार २४ गते बसेको नगर कार्यपालिकाको बैठकले ५ जना कर्मचारी र दुई जना सवारी चालकको करार अवधी आर्थिक वर्ष २०८०÷०८१ देखि थप नगर्ने सर्वसम्मत निर्णय गरेको हो ।

स्रोतव्यक्ति जयराम सुवेदीको प्रकाश मावि र मोहन बानियाको भिरमुनीको पौलत्स्य माविमा काज फिर्ता भएको नगरपालिका स्रोतले जनाएको छ । करार अवधी थप नभएका कर्मचारीहरुमा सविता शर्मा कडेल, दिपक शर्मा, युवराज आचार्य, ज्ञानेन्द्र केसी र निर्मला पौडेल हुनुहुन्छ ।

Shreekrishna hardwear in news

सवारी चालक गोपाल शर्मा र थमबहादुर शाहीलाई पनि साउन १ गतेदेखि हाजिर नगर्न र करार सम्झौताको म्याद थप नहुने पत्र गत आर्थिक वर्ष सकिनु अगावै नगरपालिकाले बुझाएको थियो ।

“दरबन्दि नभएका करारका कर्मचारीका लागि नगरपालिकाले वार्षिक रु.चालिस लाख भन्दा बढी खर्च गर्दै आएको थियो, करार र स्रोत व्यक्तिहरुको विषयमा महालेखाले प्रश्न उठाएर बेरुजु लेखेको थियो,” स्रोतले भन्यो “अहिलेको कार्यपालिकाले विभिन्न दवावका वावजुद सहनीय निर्णय गरेको छ । यसलाई टिकाराराख्ने चुनौति पनि कार्यपालिकासँग छ ।”

default
Bhautik ministry notice about road

संघीयता कार्यान्वयन भएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालय अन्तरगतका स्रोत केन्द्रहरु खारेज भएपनि केही स्थानीय तहहरुले शिशा शाखाको कामकाज गर्न विद्यालयबाट काजमा शिक्षकहरु राखेका थिए । नगरपालिकाको शिक्षा शाखामा लोक सेवा आयोगबाट अधिकृत र प्राविधिक सहायक आइसक्नुभएको छ ।

नगरपालिकाका स्रोत व्यक्तिलाई काज फिर्ता गर्ने विषयमा अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुबीच बिवाद भएको थियो । केही समयअघि गाडी मर्मतका लागि पोखरा गएका सवारी चालक गोपाल शर्मा गाडी फालेर सडकमै लडेको अवस्थामा भेटिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।

यसअघि म्याग्दी महोत्सव उद्घाटनका दिन प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनालाई लिन पोखरा गएको समयमा पनि शर्मा सम्पर्कबिहिन भएपछि अर्को गाडी खोजेर तिमिल्सिनालाई बेनी ल्याउनुपरेको थियो ।

नयाँ जनप्रतिनिधी निर्वाचित भएपछि महालेखाले प्रश्न उठाउदै आएका करारका कर्मचारीको विषयमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको नेतृत्वमा गत वर्षनै कार्यदल बनाएको थियो । कार्यदलले दरबन्दि नभएका कर्मचारीहरुको म्याद थप नगर्न दिएको सुझाव एक वर्षपछि कार्यान्वयन भएको हो ।

ज्ञानेन्द्र केसी र राजस्व शाखाका आचार्य जिल्ला विकास समितिबाट नगरपालिकामा समायोजन हुनुभएको थियो । सवारी चालक थमबहादुर शाहीले पनि तत्कालीन जिविसको गाडी चलाउनुभएको थियो । दिपक शर्मा र निर्मला पौडेललाई तत्कालीन अर्थुङ्गे गाविसले नियुक्त गरेको थियो ।

सविता शर्मा कडेल अघिल्लो कार्यकालमा योजना शाखामा नियुक्त हुनुभएको थियो । करार अवधी थप नभएका कर्मचारीहरुले आफूहरुले पाउनुपर्ने सेवा सुविधाका विषयमा नगरपालिकाले वास्ता नगरेको गुनासो गर्नुभएको छ । करारमा सवारी चालकको खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्ने तयारी नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा दुई वटा गाडी छन् । करार अवधी थप नभएका कर्मचारीले गर्दै आएको कामको जिम्मेवारी मौजुदा कर्मचारीहरुलाई लगाएको र सेवा प्रवाहमा असर पर्न नदिएको नगरपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...