परिचयपत्र बनाउन अपाङ्गता भएका व्यक्तिको घरमा डाक्टर लिएर पुगे जनप्रतिनिधी

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ का एक जना अशक्त व्यक्तिलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउने प्रक्रीयाका लागि जनप्रतिनिधिहरु चिकित्सकलाई साथमा लिएर उहाँको घरमा पुगेका छन् ।

अपाङ्गताको अवस्था पुष्टि गर्न आइतबार जलजला गाउँपालिका–५ लेकफाँट वनवडेका मनबहादुर पुर्जा पुनको घरमा उपाध्यक्ष दिपक आचार्य सहितको टोली पुगेको हो ।

५४ वर्षीय पुनलाई (क) वर्गको परिचयपत्र उपलब्ध गराउन सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । अपाङ्गताको बर्ग छुट्टाउन चिकित्सकले सम्बन्धित व्यक्तिको स्वास्थ्य परिक्षण गरेर सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपाध्यक्ष आचार्यको नेतृत्वमा वडा अध्यक्ष तिलक जिसी, चिकित्सक दिपक रेग्मी र वडा सदस्य टकबहादुर पुन पुनको घरमै पुग्नुभएको थियो । हिडडुल गर्न नसक्ने पुनले शारिरिक अशक्तताका कारण गाउँपालिकासम्म पुग्न नसक्दा परिचयपत्र पाउन सक्नुभएको थिए ।

परिचयपत्र नहुँदा पुनले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट बञ्चित हुनुभएको थियो । घरमै परिचयपत्र पाउँदा खुसी भएका पुनले जनप्रतिनिधि र चिकित्सकलाई धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...