कुवापानीको पहिरोले जलजलाका पाँच वटा वस्ती जोखिममा

Gandaki Pardesh notice

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ ।

पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सँयौ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन् ।

पाँच वटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राती कुवापानीको चिहानडाडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

Shreekrishna hardwear in news

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका जलजला–२ का वडा अध्यक्ष प्रकाश जिसीले बताए ।

‘पहिरोको कमेरे माटो बस्ती माथिको जंगलको मुलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ,’ उनले भने ‘आकाशबाट पानी पर्ने बित्तिकै लेदो सहितको बाढी आउँदा भागाभाग हुन्छ ।’

पहिरोले जलजला– २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवगारण आमा समूहको भवनमा बस्ने गरेको बताए ।

Bhautik ministry notice about road

‘यसअघि जंगल र मुलघडेरीको पाखोमा अडिएको पहिरोको लेदो शनिबारको बर्षातपछि पूर्णगाउँको तालसम्म पुगेको छ,’ उनले भने ‘बराहताल परिसरमा रहेका दुई वटा मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।’

डम्मरबहादुर खत्रीको सुन्तला बगैचा र बारी बाढीले पुरेको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपाली धान र कोदो रोपाई पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्,’ उनले भने ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मुलघडेरीमा बाँध र नहर बनाइएको छ ।’

मुलघडेरीदेखि खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकाको ब्याकुहोलोडर परिचालन गरिएको अध्यक्ष आचार्यले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...