जेसीजको क्षेत्र (ख) सम्मेलनका लागि निर्देशक समिति गठन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । आगामी असोज ४ र ५ गते बेनीमा हुन लागेको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारीका लागि निर्देशक समिति गठन भएको छ ।

म्याग्दी जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनका लागि पुर्व शाखा अध्यक्ष सुविन श्रेष्ठलाई सम्मेलन निर्देशक चयन गरिएको हो । सम्मेलनको उपनिर्देशकहरुमा पूर्व अध्यक्षहरु क्रमश ः विनय श्रेष्ठ, नवराज पौडेल, खम थापामगर र सुजन बरुवाल चयन हुनुभएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाले जानकारी दिनुभयो ।

यसैगरी निर्देशक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन कार्य सम्पादन समिति गठन भएको छ । म्याग्दी जेसीज बर्ष २०२३ को साधारणसभाले बेनीमा नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसअघि सन २००७ मा पनि बेनीमा नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन भएको थियो । म्याग्दी जेसीजको स्थापना भएको २५ वर्ष पुगेको अवसरमा सम्मेलन आयोजना गर्ने प्रस्ताव गरिएको थियो ।

सम्मेलनमा ४१ वटा शाखाका प्रतिनिधि र नेपाल भर रहेका १७८ वटा शाखाबाट पर्यवेक्षक गरि ६०० जना सहभागि हुने अनुमान गरिएको छ । नेपालमा जेसीजका ४ वटा क्षेत्र छन् । सम्मेलनमा आउने सहभागिहरुलाई निर्देशक समितिले आतिथ्यता, आवास व्यवस्थापन र पर्यटकीय स्थल भ्रमण गराउने योजना बनाएको संयोजक श्रेष्ठले बताउनुभयो ।

“प्रतिनिधी र पर्यवेक्षकहरुलाई बेनी वरपरका धार्मिक पर्यटकीय स्थल भ्रमण गराउने, सांस्कृतिक प्रर्दशनी र स्थानीय उत्पादनको बिक्री केन्द्र बनाउने तयारी छ,” उहाँले भन्नुभयो “जेसीजको सम्मेलनले म्याग्दीको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...