रुप्सेखोलामा बेलिब्रिज सञ्चालन

Gandaki Pardesh notice

बेनी, । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोलामा बेलिब्रिज निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत रुप्सेखोलामा ४८ मिटर लामो बेलिब्रिज जडान भएको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले बिहिबार देखि बेलिब्रिजमा सवारी साधन सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“बेलिब्रिज बनेपछि बर्खायाममा बाढी आउँदा रुप्सेखोलामा सवारी साधन आवत जावत बन्द हुने समस्या हटेको छ,” उहाँले भन्नुभयो “एक वर्षको ठेक्का अवधी भएपनि निर्माण कम्पनीले काम थालेको करिब छ महिनामै बेलिब्रिज जडान सक्योे ।”

Shreekrishna hardwear in news

बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले २०७९ फागुन महिनामा रु. तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो । पक्कि पुल निर्माण नहुँदासम्मका लागि सवारी साधन आवत जावत सहज बनाउन बेलिब्रिज निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Bhautik ministry notice about road

मुक्तिनाथ निर्माण सेवाका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य भन्दा छ महिना अघिनै बेलिब्रिज तयार पारेको बताउनुभयो । बेलिब्रिजसँगै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पन्छाउन गत चैत महिनामा सो खण्डमा सवारी साधन सञ्चालन गर्ने समय तालिका लागु गरिएको थियो ।

वि.स. २०६४ मा जडान गरिएको महभिर र पोखरेबगरको बेलिब्रिज त्यहाँ पक्कि पुल बनेपछि प्रयोग विहिन थिए । पोखरेबगरको बेलिब्रिज बेनीको कालीपुल र पर्वतको बगरफाँट जोड्ने कालीगण्डकी माथि र महभिरको बेलिब्रिज रुप्सेमा स्थानान्तरण गरिएको हो ।

पुलको अभावमा बर्खायाममा रुप्सेखोलामा बाढी आउँदा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने समस्या बेलिब्रिज बनेपछि हटेको बेनी(–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । वि.स. २०७७ साउनमा बाढीले रुप्सेखोलामा निर्माणाधिन पक्कि पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ ।

निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

४० मिटर लम्बाइ भएको रुप्सेखोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ । भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...