गलेश्वरमा पहिलो सोमबार साढे तीन लाख भेटी

Gandaki Pardesh notice

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा एकै दिन रु तीन लाख पचास हजार भन्दा बढी भेटी संकलन भएको छ ।

साउन महिनाको पहिलो सोमबार १ गते गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट रु ३ लाख ६५ हजार ६४५ रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कोषका अनुसार, रसिदबाट रु ३१ हजार ३७८ र भेटीबाट रु ३ लाख ३४ हजार २६७ रकम संकलन भएको हो । मंगलवार विहान सरोकारवालाहरुको उपस्थितिमा भेटी रकम गणना गरि सार्वजनिक गरिएको हो । कोषले मन्दिरमा भक्तजन र सहयोगदाताबाट संकलन हुँदै आएको भेटी र सहयोग रकमलाई गणना गरेर बैँकमा जम्मा गर्दै आएका छन् ।

Shreekrishna hardwear in news

साउन महिनाको सोमबार भगवान शिवको पुजाआराधाना गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा २० हजार बढी भक्तजनले पुजापाठ गरेको कोषले जनाएको छ । शालीग्राम शिला पाईने एक मात्रै कालीगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...