जलजला गाउँपालिकालाई एम्बुलेन्स प्राप्त

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ ।

भारत सरकारले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तरगत जलजला गाउँपालिकालाई एक वटा एम्बुलेन्स प्रदान गरेको हो । जलजला गाउँपालिकामा यसअघि वडा नम्बर ८ नाग्लीवाङका प्रवासीहरुको सहयोगमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा थियो ।

Bhautik ministry notice about road

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यका अनुसार पुरानो एउटा एम्बुलेन्स बिग्रिएको थियो । नयाँ एम्बुलेन्स भएपछि बिरामीलाई अस्पताल लैजान सहज हुने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

गाउँपालिकाले कार्यबिधी अनुसार एम्बुलेन्स सञ्चालन गर्ने अध्यक्ष राजु आचार्यले बताउनुभयो । एम्बुलेन्स सहयोगका लागि गाउँपालिकाले निर्णय गरेर माग गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...