धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

Beni Sanjibani

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ ।

गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद वितरण गरिएको थियो ।

विदेशमा भएका चार जना मृतकका हकदार र कार्यक्रममा उपस्थित नभएका तीन जना मृतकका हकदारलाई जिल्ला प्रशासन कार्यालयले पछि नगद उपलब्ध गराउने नायब सुब्बा लिलाबहादुर चोखालले बताउनुभयो । चार जना मृतकका हकदार कोही पनि नभएकाले राहत दिइएन् ।

Mangala Health notice


गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुन, धवलागिरी गाँउपालिकाका अध्यक्ष थमसरा पुन, मालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपाल प्रहरीका डिएसपी किरनजङ्ग कुँवर र शसस्त्रका डिएसपी हरिबहादुर गुरुङको टोलीले राहत वितरण गर्नुभएको थियो ।

राहत वितरणका क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानले तत्कालीन उद्धार, राहतको काम सकिएकाले अब पहिरोबाट घरबास गुमाएकाको पुनस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा जोड दिएको बताउनुभयो ।

पहिरो पिडितको घर पुननिर्माणका लागि प्रदेश सरकारले एक लाख र एकिकृत बस्ति स्थापनाका लागि प्रति घर एक देखि तीन लाख रुपैयाँ सम्म उपलब्ध गराउने जानकारी दिनुभयो । वाइट
सामाजिक विकास मन्त्री नरदेवी पुनले पहिरोमा परि घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले ब्यहोरेको जानकारी गराउदै बिस्थापितको पुनस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गा पहिचान गर्न आग्रह गर्नुभयो ।

Aantarik mamila Bal Marry sambandi

मन्त्री पुनले देशका अन्य ठाउँका बाढी पहिरो पिडित सरह म्याग्दीका पिडितले पनि समान सुबिधा पाउने र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा समेत विभेद हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्रीद्धयले संघ, प्रदेश र स्थानीय सरकार मिलेर पुनस्थापना तथा पुननिर्माणको काम गर्ने जानकारी गराउदै सुरक्षित ठाउँ पहिचान गरि बस्ती बसाउन उपयुक्त हुने नहुने बिषयमा भुगर्वबिद्को टोलीले अध्ययन गर्ने बताउनुभयो ।

प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षणका साथै प्रभावितहरुलाई खाद्यान्न राहत ढुवानी गरेको थियो । धवलागिरीका अध्यक्ष पुन र मालिकाका अध्यक्ष रोकाले पहिरोबाट घरबास गुमाएकाको पुनस्थापनाका लागि सुरक्षित स्थानको खोजीमा जुटेको बताउनुभयो । पिडितलाई टहराबाट छानामुनी लैजाने आफूहरुको प्राथमिकता रहेको उहाँहरुको भनाई थियो ।

मालिका गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रजिअ अधिकारीले पहिरो पिडितको पुनस्थापनाको काम सुरु गर्न जति सक्दो छिटो सुरक्षित ठाउँमा जग्गाको पहिचान तथा ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
प्राकृतिक बिपद्को मुख्य कारण मानिएको डोजरे विकासको शैली परिवर्तन गर्न आग्रह गर्नुहुदै प्रजिअ अधिकारीले बर्खा अगावै बिस्थापितलाई सुरक्षित बसोबासको ब्यवस्था मिलाउन सबै जुट्नुपर्ने बेला आएको बताउनुभयो ।

पहिरोका कारण मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । बिममा ८ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । दुखुखोलाको बाढीले बगाएर एक जना बेपत्ता भएका थिए ।

मालिका गाउपालिकामा पहिरोबाट ६२ वटा घर भत्किएका र १४ परिवारको कुनै पनि ठाउँमा जग्गा नभएको प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । धवलागिरीको वडा न. ६ मा २४, वडा न. ७ मा ४२ र ५ मा ४ घर पूर्ण रुपमा क्षति भएको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...