कालीपुल वसपार्कको टर्मिनल भवन सञ्चालनमा आयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सोमबारदेखि सञ्चालनमा आएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कमा गत वैशाख १७ गते टर्मिनल भवन निर्माण सकेर बेनी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

टर्मिनल भवन र बसपार्कलाई नयाँ व्यवस्थापन सहित सञ्चालन गर्न थालिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news

“बसपार्कमा पार्किङ हुने सवारी साधनलाई छ वटा समूहमा बर्गीकरण गरेर ठाउँ छुट्टाइएको छ,” उहाँले भन्नुभयो “टर्मिनल भवनमा आठ वटा यातायात कम्पनीले टिकट काउन्टर स्थापना गरेका छन् ।”

बसपार्क क्षेत्रलाई मजदुर लगाएर सरसफाई गरिएको छ । ढलानको भुई बदारेकाले बसपार्क सफा देखिएको छ । पार्किङमा राखिने सवारी साधनलाई समयको आधारमा रु. २५ देखि २०० प्रतिगोटाका दरले शूल्क तोकिएको छ । यातायात व्यवसायीहरुले भने पार्किङ शूल्क अव्यवहारिक भएको गुनासो गरेका छन् ।

वडा अध्यक्ष कर्माचार्यले यातायात कम्पनीका सञ्चालक समितिका प्रतिनिधिहरुको सहमतिमा पार्किङ र सरसफाई सहयोग शूल्क कायम गरिएको बताउनुभयो । ठूलोबस, जिल्ला बाहिर चल्ने माइक्रो, जीप र ट्याक्सी, म्याग्दीमा चल्ने जिप र ट्याक्सी, म्याग्दीमा चल्ने लोकल बस, ट्रक, ट्रिपर र ट्याक्टर तथा बाहिरबाट घुम्न आएका पाहुनाको सवारी साधनका लागि फरक फरक ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

Bhautik ministry notice about road

टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग रु. दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आयोजना प्रमुख सुनिता श्रेष्ठले १५ महिनाको ठेक्का अवधि भएको यो भवनको सम्झौताको म्याद थप गर्नु नपरेको बताउनुभयो ।

२८९.५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरेर टर्मिनल भवन सञ्चालन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

“धुलो, हिलो र अव्यवस्थित पार्किङले हामिले आलोचना सहनु र नागरिकले सास्ती खेप्नुपरेको थियो,” उहाँले भन्नुभयो “म्याग्दीबाट लामो दुरिका लागि छुट्ने र मुस्ताङ जाने सवारी साधनलाई लक्षित गरेर नगरपालिकाले तयार पारेको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण र बसपार्क ढलान गरिएको हो ।”

यसअघि बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाइएको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

विसं २०७४ मा नगरपालिकाले रु. २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कको पर्यटक सूचना केन्द्र, ट्राफिक प्रहरी कार्यालयको भवन र पेट्रोल पम्पलाई हटाउन लागिएको नगरपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...