थामडाडाका अम्मर गुरुङ माओवादी प्रवेश

Gandaki Pardesh notice

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका अम्मर गुरुङ सोमबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

थामडाडामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ म्याग्दीका पुर्व सदस्य समेत रहेका गुरुङ एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको हो । सोही कार्यक्रममा स्थानीय कमल शेरचन पनि माओवादी पार्टीमा आवद्ध हुनुभएको छ ।

गुरुङ र शेरचनले मुलुक र जिल्लाको विकास, समृद्धि, राजनीतिक, सामाजिक परिवर्तन र सुशासनको क्षेत्रमा माओवादी पार्टी र माओवादी नेतृत्वको सरकारले गरेको कार्यबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“माओवादी पार्टीले अवसर पाए जनताको पक्षमा र म्याग्दीको विकासमा काम गर्ने रहेछ भन्ने पुष्टि भयो,” गुरुङ र शेरचनले भन्नुभयो “राम्रो काम गर्नेलाई जनताले एकतावद्ध भएर साथ दिनुपर्छ ।”

उहाँहरुलाई नेकपा माओवादी केन्द्र बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले अविर र मालाले स्वागत गर्नुभएको थियो ।

सच्चाइएको – समाचारमा अम्मर गुरुङ एमालेको वडा सचिव उल्लेख भएकोमा सच्चाइएको छ । सम्बद्ध पक्षमा पर्न गएको असरप्रति क्षमाप्राथी छौ । -सम्पादक

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...